लगातार तीन विकेट गुमाएको नेपाल दबाबमा


२०८० फाल्गुण ९ बुधबार ०७:२६ बजे

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा नामिबियालाई तेस्रो सफलता मिलेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नामिबियाविरुद्ध सिरिजको तेस्रो खेलमा नेपालले तीन विकेट पनि गुमाएको हो ।

आठौं ओभरको अन्तिम बलमा ज्याक ब्रासेलको बलमा देव खनाललाई जेन ग्रिनले क्याच आउट गराएका हुन् । खनाल शून्य रनमै आउट भए । त्यस अगाडि सातौँ ओभरमा बर्नार्ड स्कल्ट्जले कुशल भुर्तेल र अनिल साहको विकेट लिएका हुन् ।
नेदरल्यान्ड्ससँगको खेलमा साह र भुर्तेलले आक्रामक ब्याटिङ गरेका थिए । तर आज भुर्तेल ६.२ ओभरमै १६ बलमा १८ रन बनाएर बाहिरिए भने साह ६.४ ओभरमा शून्य रनमै जेरार्ड एरास्मसको हातबाट समातिए ।

अहिले क्रिजमा आसिफ शेख र कुशल मल्ल रहेका छन् । नेपालले अहिले १० औं ओभरमा ३ विकेट गुमाएर ६६ रन बनाएर खेलिरहेको छ । गत बिहीबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । सोमबारको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ७ विकेटले पराजित गरेको थियो । नेपालले आज करण केसीलाई खेलाएको छ । गुलशन झालाई आज बेञ्चमा राखिएको छ ।

नेपालको टोली : कुशल भुर्तेल,आसिफ शेख, अनिल शाह, रोहित पौडेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, देव खनाल, करण केसी, सोमपाल कामी, ललित राजवंशी
बेञ्च : गुलशन झा,आरिफ शेख, पवन सर्राफ, सूर्य तामाङ

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७