वीरगञ्जको कर्फ्यू ११ घण्टाका लागि हटाइयो


२०८० फाल्गुण ९ बुधबार ०७:१० बजे

पर्सा । वीरगञ्जमा सोमबारदेखि लगाइएको कर्फ्यू बुधबार बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि हटाइएको छ । बुधबार बिहान जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगन्ज महानगर क्षेत्रमा सोमबार साँझ ५ बजेदेखि जारी गरिएको कर्फ्यू आदेश बुधबार बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि हटाउने निर्णय गरेको हो ।

वीरगञ्जमा सोमबारदेखि दुई फरक धर्म समुदायबीचको द्वन्द्वका कारण उत्पन्न तनावको स्थिति साम्य हुदै गएकोले सर्वसाधारण नागरिकको सुविधा र सहजतालाई मध्यनजर गरी अर्काे आदेश नभएसम्मका लागि सोमबार साँझदेखि जारी गरिएको कर्फ्यू आदेश बुधबार बिहान ११ बजे देखि राति १० बजेसम्मका लागि हटाइएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए।

यसअघि मंगलबार राति बसेको जिल्ला सुरक्षा समितिको बैठकले भने बुधबार बिहान ६ बजेदेखि बिहान ११ बजेसम्मका लागि मात्र कर्फ्यू खुल्ला गरिने र बिहान ११ बजेपछि पुन कर्फ्युलाई यथावत राख्ने निर्णय गरेको थियो । तर बुधबार बिहान १० बजे फेरि बसेको जिल्ला सुरक्षा समितिको बैठकले भने अवस्था सामान्य बन्दै गएको देखेपछि बुधबार बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु हटाउने निर्णय गरेको भुसालले बताए ।

यसअघि मंगलबार राति जिल्ला प्रशासन कार्यालयमा हिन्दु समाज पर्सा र स्थानीय प्रशासनबीच तनावग्रस्त बनेको वीरगन्जको अवस्था साम्य पार्न सहमति भएको थियो । उक्त सहमतिमा मंगलबार दिउँसो सर्वदलीय–सर्वपक्षीय बैठकले गरेका पाँच बुँदे सहमति कार्यान्वयन गर्ने सहमति भएको थियो । वीरगञ्जमा सोमबार हिन्दु धर्मको झण्डा च्यात्ने, फरक धर्मका समुदायलाई गालीगलौज र धम्की दिनेहरुलाई पक्राउ गरि प्रहरीले कारबाही गर्ने सहमतिपनि मंगलबारराति स्थानीय प्रशासनसंग भएको हिन्दु समाजका अगुवा रन्जित साहले जानकारी गराएका थि ए।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७