अख्तियार प्रमुखज्यू, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भ्रष्टाचार छानबिन हुँदैन ?


२१ जेष्ठ २०७५, सोमबार
0 Shares
Purushotsamm Photo 1

काठमाडौं । नेपालको गणतान्त्रिक संविधानले सबै नेपाली कानुनको दृष्टिमा समान छन् भनेको छ । तर, गरिमामय संसदको बैठक बस्ने भवनका कार्यकारी निर्देशक भने संविधान, ऐन, कानुन र नियम भन्दा माथि छन् भन्दा पत्यार नलाग्न सक्छ । खुलेआम घुस मागेको अडियो र भिडियो समेत सार्वजनिक हुँदा पनि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका प्रमुख पुरुषोत्तम अमात्यलाई कुनै कारवाही त के छानबिनसम्म हुन सकेको छैन । गणतन्त्रमा त्यो भन्दा लाजमर्दो अवस्था के होला ?

Purushotsamm Photo
पुरुषोत्तम अमात्य ।

खुलेआम घुस माग्ने र कार्यालयलाई दुहुनो गाई बनाउनेहरुलाई कुनै कारबाही नहुँदा ……भन्दा देख्नेलाई लाज बनाएको केन्द्रमै कार्यरत कर्मचारीहरुले बताउने गरेका छन् । गरिमामय संसद भवनले भाडामा लिएर बसेको संसदभित्र यस्ता खालका गतिविधि भइरहँदा पनि किन मौनता छाएको हो ? देख्ने र सुन्ने जत्ति सबै आश्चर्यमा परेका छन् ।
२०७२ साल जेठ १८ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाबाट राजनीतिक नियुक्ति पाएका विराटनगरका पुरुषोत्तम अमात्य पहिला विराटनगर जुटमिलका कर्मचारी हुन् । खान र खुवाउने काममा माहिर मानिने उनले कामै नगरी कसरी खाने भन्ने स्रोतकै खोजीमा दिन बिताउने गर्दछन् । सामान्य मानिस छिर्नै नसक्ने अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा उनलाई भने राजकीय सुबिधा प्राप्त छ । तीनवटा सवारी साधन र ड्राइभर, पीए लगायतको खर्च जोड्दा झण्डै तीन लाखको हाराहारीमा उनलाई केन्द्रले तलब भत्ता खर्च गरेको छ । तथापी उनले हरेक समान खरिद गर्दा कमिसन र घुस रकमबिना कामै नगर्ने हुँदा वार्षिक १५ करोड भन्दा बढी आम्दानी गर्ने अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र घाटामा देखाउने गरिएको छ, डायरी एक्सप्रेस साप्ताहिकमा समाचार छ । चीन सरकारले नेपाललाई सभा सम्मेलन गर्नका लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार तयार गरी अनुदानमा बनाइ हस्तान्तरण गरेको यो भवनमा अमात्यले भने मासु, रक्सी खाने भट्टी जस्तो बनाएको आरोप लागेको छ । उनले बहुमूल्य, लोपोन्मुख रुद्राक्ष, पीपल र अमलाका रुख काटेर सेकुवा पोलेर खाने गरेको सप्रमाण समाचार सार्वजनिक भएका छन् । यस्तो सुविधा प्राप्त कार्यकारी निर्देशक अमात्य कहिल्यै गयल हुँदैनन् किनकि उनलाई राजर्षी सुविधा प्राप्त गर्दै केन्द्रलाई कामाधेनु गाई बनाएका छन् र सधै नै ओभरटाइम भत्ता लिने गर्दछन् ।
केन्द्रका कार्यकारी निर्देशक अमात्यले पारिवारिक सम्पत्ति जस्तो गर्नाले संस्था अहिले चौपट बनेको छ । करार कर्मचारी भर्नामा घुस लिएको प्रमाण हुँदा पनि नियामक निकायले कारबाही गरेको छैन । केन्दलाई बार्षिक रुपमा भाडा दिएर २०६४ साल देखि संविधानसभा र व्यवस्थापिका संसद र सघीय संसदको बैठकका लागि प्रयोग गरिदै आइएको छ । अहिले भने संघीय संसद सचिवालयले वार्षिक रुपमा १५ करोड रुपैयाँ भाडा दिने सहमति गरेको भए पनि लगानी बोर्ड र मिलेनियम प्रोजेक्टलाई अन्यत्र सार्ने काम बाँकी रहेकाले अझै सम्झौता गर्न भएको छैन । केन्द्रभित्र हुने कतिपय ठूलो राशीका निर्माणहरु पनि टेण्डर र कोटेशन बिनै हुँदै आएका छन् । जस्ले गर्दा बिल मिलाएर खाने प्रचलनले तिब्रता पाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

Photo Restura
अनियमितता फेहरिस्त यस्ता छन्ः
० वनको स्वीकृतिबिनै रुद्राक्ष, पीपल, अमला लगायतका रुखको कटान
कार्यकारी निर्देशक अमात्यले केन्द्र परिसरमा रहेका अमला, रुद्राक्ष, पीपल लगायतका रुखहरु वन मन्त्रालयको स्वीकृति बिनै काटेर सेकुवा पोलेर खाने गर्दछन् । पीपल र रुद्राक्ष जस्ता रुखहरु बढी अक्सिजन प्रदान गर्ने बोट बिरुवा मानिन्छन् । उनी कानुन भन्दा माथि भएका कारण केन्द्रका कानुनी सल्लाहकारहरुले समेत वन कार्यालयको स्वीकृति लिनुपर्ने सुझाव दिँदैनन् । एकजना कर्मचारी नाम नबताउने शर्तमा भन्छन् “सामान्य मानिसले लोपोन्मुख बोट बिरुवा काट्दा सजाय पाएका छन् । तर, उनले काटेका रुखहरु अहिले कु्खुरा र खसीको सेकुवा पोलेर रमाइलो गरिरहेका छन््”
० करारमा कर्मचारी राख्दा घुस लिएको
कार्यकारी निर्देशक अमात्यले करारमा कर्मचारी राख्नका लागि उनले १७ लाख रुपैया घुस लिएको अडियो र भिडियो समेत प्राप्त भएको छ । उनले करार कर्मचारी करारमा भर्नाका लागि ६ जनासँग १७ लाख रुपैयाँ लिएका थिए । निर्वाचन आचारसंहिता लागिसकेको कारण नमिल्ने भएपछि मात्रै जागिरबाट निकाल्नुपर्ने अवस्था आएसँगै घुस दिएको खुलासा भयो । साथै सचार माध्याममा घुस प्रकरण प्रकाशन भएपछि कार्यकारी प्रमुख अमात्यले घुसबापत लिएको रकम कपाली तमसुक बनाएका थिए । तर पनि अमmै रकम फिर्ता नगरेको बताईन्छ ।

० लेखा अधिकृत शर्माले राखे भाइलाई जागिरमा
लेखा अधिकृत विष्णु शर्माले कार्यकारी प्रमुख अमात्यको अनियमिततालाई सहयोग गर्ने शर्तमा भाइ बसन्त शर्मालाई करारमा राखेका छन् । उनी नेपाल राष्ट्रिय कर्मचारी महासंघका निजामति तर्फका पूर्व कोषाध्यक्ष हुन् । उनले भाइलाई जागिरमा राखेपछि कार्यकारी निर्देशक अमात्यको अनियमिततालाई साथ दिएका छन् । उनी पनि संगठनको नाममा मालदार कार्यालयमा बसेर व्याज खाइसकेका छन् ।

jagdamba.cement
rbbbb
Photo Rruddhacce
वनको अनुमति नलिई काटिएका रुखका मुढाहरु ।

० महिलाप्रतिको गिद्दे नजर
कार्यकारी निर्देशक अमात्यले फुपूसँग बसेकी एक जना ढुङ्गाना थरकी युवतिलाई जागिर लगाइदिने भन्दै करारमा भर्ना गराई अलग्गै डेरा समेत खोजिदिएका छन् । उनकी फुपुले बसिरहेकी भतिजिलाई छुट्टाएको भन्दै केन्द्रमै आएर आक्रोस पोखेको एकजना कर्मचारीले बताए । तथापि अहिले पनि अमात्यको पारामा परिवर्तन आएको छैन ।
० तीनवटा गाडी प्रयोग गर्छन् अमात्य
कार्यकारी निर्देशक अमात्यले गाडीको पनि अत्याधिक दुरुपयोग गरेका छन् । उनीसँग बा २ ञ २२७४, बा २ ब ९८ मोटरसाइकल र बा २ झ २२७४ नम्बरको कार समेत प्रयोग गरेर कहँी नभएको जात्रा देखाएका छन् । उनले गाडीलाई कतिपय साथीभाइको व्यक्तिगत काममा प्रयोग गर्ने गर्दछन् । यसरी मासिक रुपमा इन्धन, मर्मत र चालक खर्च पनि पनि अनाआवश्यक रुपमा बढेको छ ।
० इन्धनको अनियमितता
मर्यादापालक एसपी सुरेन्द्र गुरुङलाई गाडीमा राख्नका मासिक १ सय लिटर पेट्रोल दिने गरेका थिए । अहिले एसपी गुरुङको सरुवा भएको छ । स्रोतका अनुसार अनियमितताको पराकाष्ठमा डुबेका अमात्यले थप सुरक्षाको जरुरी छ भन्दै एसपी गुरुङलाई उक्त इन्धन दिने गरेका थिए । त्यसो त उनले मन्त्रालयमा समेत आफ्नो विरुद्धमा केहि उजुरी परेको छ कि भनेर सुराकी गर्नका लागि दुईजना कार्यालय सहयोगिहरुलाई सुराकी खटाएर मासिक १५ लिटर तेल दिने गरेको स्रोतले बतायो ।
० ढकालको रेष्टुरेन्टलाई विशेष छुट
उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा बैंक डिफल्टर चण्डीराज ढकालको बेइजिङ डक रेष्टुरन्टलाई अमात्यले विशेष छुट दिने गरेका छन् । रेष्टुरन्टले मासिक लाखौं रुपैयाको पानी मात्रै दुरुपयोग गरेको छ । अहिले पानीको बिल मात्रै झण्डै आठ लाख रुपैया उठ्ने गरेको छ । त्यो मध्ये दुई लाख केन्द्रले र बाँकी संघीय संसद सचिवालयले ब्यहोर्ने गर्दछ । अझै पुराना साथी भएका कारण चण्डी ढकालको श्रीमतीका नाममा रहेको यो बेइजिङ डक रेष्टुरन्टलाई विशेष छुट दिनुपर्ने प्रस्ताव कार्यकारी निर्देशक अमात्यले गरेका छन् । स्मरणीय के छ भने चीनका पूर्व राजदूत तथा राष्ट्रिय वाणिज्य बैंकका कार्यकारी अध्यक्ष बनेका राजेश्वर आचार्यका सहोदर ज्वाई भएका कारण चण्डीले करोडौं रकम बैंकहरुको डुबाइदिएका छन् । कार्यकारी निर्देशक अमात्यलाई कक्टेल लञ्च र डिनर समेत बेइजिङ डक रेष्टुरन्टबाट दिनहुँ प्राप्त हुने गर्दछ । त्यसको बदलामा उनले भाडामै ठूलो रकम छुट दिने प्रस्ताव गर्दछन् । अझ रमाइलो कुरा त के भने बेइजिङ डकले अर्को रेष्टुरन्ट लफ लञ्जलाई पनि भाडामा दिएको छ । चण्डीले सधै नै भाडा रकम बाँकी राखेका हुन्छन् तथापि जे गर्दा पनि छुट पाउने गरेका छन् । भाडामा बस्नेले केन्द्रको स्वीकृति बिना निर्माणका कुनै पनि काम गर्न पाइदैन । तर बेइजिङ डक रेष्टुरेन्टले भने आफूखुशी निर्माण गर्ने गर्दछ । ढकालसँग केन्द्रले २०६८ साल माघ ९ गते प्रतिमहिना ३ लाख २७ हजार चारसय ६६ रुपैयाँ भाडा दिने सहमति भएको थियो । सम्झौताअनुसार प्रत्येक वर्ष पाँच प्रतिशत भाडा थप्ने सहमति भएपनि कार्यकारी निर्देशकलाई डिनर र लञ्च निशुल्क ख्वाउने भउका कारण कार्यन्वयनमा जटिल बनेको छ ।
० अख्तियारका कर्मचारी पनि मिलेमतोमा ?
भ्रष्टाचार र अनियमितताको नियन्त्रण गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानबिनका लागि आएका कर्मचारीहरु पनि मन्त्रालय मार्फत् आउने गरेका कारण कार्यकारी निर्देशक अमात्यले पहिल्यै मिलाउने गरेको स्रोतको दाबी छ । त्यसै कारण अहिलेसम्म गम्भीर रुपमा छानविन हुन सकिरहेको छैन ।
० नक्कली प्रमाणपत्रधारीको छानबिनै भएन
नक्कली प्रमाणपत्रका भरमा जागिर खाएका कर्मचारीहरुको प्रमाणपत्र छानबिन गरिएको छैन । यो विषयमा अख्तियारमा उजुरी परिसकेको भए पनि छानबिनै नगरिएको कर्मचारीहरु नै बताउँछन् । प्रशासकीय अधिकृत शोभा कार्कीको एसएलसी र आईएको प्रमाणपत्र नक्कली भएको स्रोतको दाबी छ । उनी बरिष्ठ प्रशासकीय अधिकृत दिपेन्द्रविक्रम सिंहकी श्रीमती हुन् । एकपटक नक्कली प्रमाणपत्रको छानबिन गरिने भन्दै अख्तियारबाट टोली आएको भएपनि उनलाई अन्य सक्कली प्रमाणपत्र भएका कर्मचारीको देखाएर पठाइएको बताइन्छ ।
धेरै पटकको चेतावनी पश्चात मात्रै टहरा खाली
कार्यकारी निर्देशक अमात्यले नेपाल राष्ट्रिय कर्मचारी संगठनको दवावपूर्ण सशक्त आन्दोलन र २४ घण्टे चेतावनी पश्चात बल्ल प्लम्बर केशवप्रसाद कोइराला, इलेक्ट्रिकल असिस्टेन्ट सुनील कुबवाहा, प्रदीप कोइराला लगायतका व्यक्तिहरुलाई टहराबाट निकालिएको थियो । उनीहरु डेरा जमाएर बस्दा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन नै कुरुप बनेको थियो ।
कबाडी फलाम मिलेमतोमा कौंडीको भाउमा बेचेको
कार्यकारी निर्देशक अमात्यले कवाडी सामानहरु बेच्दापनि मिलेमतोमा बेच्ने गरेको कर्मचारीहरुको आरोप छ । यसै विषयमा पटक पटक कुरा गर्दा पनि उनले कर्मचारीहरुको सुभाव अटेरी गरी आफूखुशी गर्दै आएका छन् । उनले बगैंचामा सजाउने पूmलहरुसमेत खरिद गर्न बारम्बार दवाव दिँदै आएका छन् । तर, बगैचाका प्रमुख छलराम पौडेलले भने बीउ खरिद गरेर ल्याई फूलहरु जमाउने गर्दछन् । फूल खरिद गर्दा ठूलो बिल बन्ने हुँदा कार्यकारी निर्देशकले कमिसन प्राप्त गर्ने गर्दछन् ।
मन्त्रालयले बनायो छानबिन समिति
सम्मेलन केन्द्रका प्रमुखको अनियमितताले पराकाष्ठ नै नाघेपछि सहरी विकास मन्त्रालयले सहसचिव नवराज प्याकुरेलको संयोजकत्वमा उपसचिव हरिप्रसाद शर्मा, लेखाअधिकृत निराजन शर्मा र नासु युवराज गिरी रहेको छानबिन समिति बनाएको छ । छानविन समितिमा रहेका युवराज गिरी २०७२ साल वैशाख १२ गते आएको बिनासकारी भूकम्पको समयमा पाल खरिद गर्दा अनियमिततामा संलग्न रहेका व्यक्ति हुन् । तर, छानविन समितिको प्रतिवेदनलाई प्रभावमा पार्नका लागि अमात्यले विभिन्न व्यक्ति मार्फत दबाब दिँदै आएका छन् ।
अचाक्ली सहन नसकेर प्रशासकीय अधिकृत खनालले गरिन् राजीनामा
केन्द्रमा हुने अनियमितताले हद नाघेपछि आफुले रोक्न नसक्ने ठानेर प्रशासकीय अधिकृत शशी खनालले उमेर अवधि तीन वर्ष हुँदाहुँदै राजीनामा दिन बाध्य भएकी छन् । उनको राजीनामा पनि केन्द्र प्रमुख अमात्यको विरुद्धमा भएको एक कर्मचारीले बताए ।
छानविनको प्रश्न गर्ने बित्तिकै जागिरको अफर
साझाका महाप्रवन्धक डोलिन्द्र शर्माले जस्तै सम्मेलन केन्द्रका कार्यकारी निर्देशक अमात्यले छानविन गर्न आउने कर्मचारीलाई जागिरमा आफन्त पठाउन अनुरोध गर्ने गरेका छन् । उनले आफू अनियमिततामा संलग्न भएको कारण केन्द्रकै अन्य कर्मचारीसँग असुरक्षित भएको भन्दै रामेछापका एक जना व्यक्तिलाई सहयोगीका रुपमा जागिरमा राखिदिएका छन् । अहिले केन्द्र प्रमुख अमात्यको अनियमितताको विरुद्धमा अधिकांस कर्मचारीहरु मुख खोल्न थालेका छन् ।
घुस प्रकरणबारे के भन्छन् अमात्य ?
करारमा जागिर खानका लागि १७ लाख रुपैयाँ बुझाउने कर्मचारीहरु नारायण श्रेष्ठ, मनिता श्रेष्ठ, मनमाया गुभाजु लगायतका ६ जना रहेका थिए । उनीहरुको घुस प्रकरणबारेमा अमात्य भन्छन्. मैले कसैलाई पैसा दिएको पनि छैन र लिएको पनि छैन । तर घुस लिएको अडियो र भिडियो समेत छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७