सीतापाइला हत्या प्रकरण : मृत्तक चारै जनाको खुल्यो पहिचान


२०८० फाल्गुण ९ बुधबार ०७:४५ बजे

काठमाडौं । काठमाडौंको सीतापाइलामा आज (बुधबार) विहान मृत भेटिएका चारै जनाको पहिचान खुलेको छ । मृत भेटिनेमा एक महिला र दुई बालिका छन् । त्यस्तै उनका श्रीमान पनि झुरिण्डएको अवस्थामा मृत भेटिएका छन् ।

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका घर भई नागार्जुन–६ गोठाटार बस्ने ३९ वर्षीय इश्वरी श्रेष्ठ, उनका आठ वर्षीया छोरी अनिशा र दुई वर्षीया नातिनी शिवना घरभित्रै मृत भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूको घरभित्रै हत्या भएको हो । उनीहरूलाई घरेलु हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीको भनाइ छ ।

उनीहरूसँगै एक जना पुरुष पनि झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । झुण्डिएको अवस्थामा मृत भेटिने राजु घिमिरे हुन् । प्रहरीका अनुसार उनी ईश्वरीको श्रीमान् हुन् । श्रीमती र नातिनीको हत्या गरेर आफू झुण्डिएको हुनसक्ने प्रहरीको अनुमान छ । उनको शव घरभन्दा केही पर जंगलमा झुण्डिएको अवस्थामा भेटिएको छ । घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७