दिपेन्द्रले लिए विकेट, नेपाललाई चौथो सफलता


२०८० फाल्गुण ९ बुधबार ०८:०१ बजे

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–टुमा नेपाललाई चौथो सफलता हात लागेको छ । दिपेन्द्रसिंह ऐरीले जान फ्रिलिंकलाई आउट गराए । जानले ४ रन बनाएका थिए ।

तेस्रो सफलता कुशल मल्लले लिए । उनको पहिलो बलमा ३१ रन बनाएर खेलिरहेका नामिबियाका भान लिङगेन आउट भए । यसअघि कप्तान रोहित पौडेलले जेपी कोट्जेलाई क्लिनबोल्ड गर्दै दोस्रो विकेट लिएका थिए । उनले तीन रन बनाएका थिए । त्यस्तै, सोमपाल कामीको बलमा दिपेन्द्रसिंह ऐरीले नामिबियाका निकोलस डाविन रन आउट गराए । उनले ८ रन बनाए ।

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले सबै विकेट गुमाएर १६८ रन बनाएको थियो । नामिबियाबीच १६९ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको छ । जारी सिरिजमा नेपाल लगातार दोस्रो जित हात पार्ने लक्ष्यमा छ। पहिलो खेलमा घरेलु टोली नामिबियासँग ४ विकेटले पराजित भएको थियो । आज नेपालसामु सोही हारको बदला लिने अवसर छ । दोस्रो खेलमा बलियो नेदरल्यान्ड्समाथि नौ विकेटको जित हात पार्दै नेपालले शानदार पुनरागमन गरेको छ । नामिबियाले यसअघिको खेलमा डच टिमसँग ७ विकेटको हार बेहोरेको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७