राज संस्थाको मागसहित काठमाडौंमा राप्रपाको दबाबमुलक प्रदर्शन


२०८० फाल्गुण ९ बुधबार ०८:०५ बजे

काठमाडौं । राज संस्था र हिन्दु राष्ट्र पुनः स्थापनासहित ४० बुँदे मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा दबाबमुलक प्रदर्शन गरेको छ ।

राप्रपाले काठमाडौंको भृकुटीमण्डपबाट निकालेको दबाब ¥याली भद्रकाली, सुन्धारा, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो । र्‍यालीमा सहभागीहरूले ’हिन्दु राष्ट्र कायम गर’, ‘संघीयता खारेज गर’ लगायतका नारा लगाएका थिए । र्‍यालीमा राप्रपाका शीर्ष नेताहरू सहभागी भएका थिए । सभा चलिरहँदा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ४० बुँदे मागसहितको ज्ञापनपत्र बुझाउने कार्यक्रम छ ।

आजदेखि काठमाडौंसहित देशभरका जिल्ला सदरमुकाममा दबाबमूलक प्रदर्शन गर्ने कार्यक्रम रहेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् । देशभर प्रदर्शन र सभा गरेर चैतको पहिलो साता काठमाडौं केन्द्रित प्रदर्शन र भेला गर्ने उनले बताए । आज काठमाडौंमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, र्‍यालीसहित दबाबमुलक कार्यक्रम गर्ने तथा देशका सबै जिल्लामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको राप्रपाले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७