तीन जनाको हत्याअघि राजुले छोरालाई तरकारी किन्न पठाए, फोन र भिडियो पठाएर सूचना दिए


२०८० फाल्गुण ९ बुधबार ०६:५४ बजे

काठमाडौं । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका घर भई काठमाडौंको नागार्जुन नगरपालिका–६ बस्ने ५१ वर्षीय राजु घिमिरेले श्रीमती, छोरी र नातिनीको हत्या गरेर आत्महत्या गरेको खुलेको छ । नागार्जुन नगरपालिका–६ बैराग टोलमा राजु र ईश्वरीको परिवारका ६ सदस्य बस्दै आएका थिए । राजु डकर्मी काम गर्थे भने ईश्वरीले कलंकीको होटल केही पहिला मात्र बेचेकी थिइन् ।

आफन्तका अनुसार ईश्वरीको दोस्रो बिहे थियो । पहिलो श्रीमानबाट भएको छोरा विदेशमा थिए भने बुहारी र साढे २ वर्षकी नातिनी सिवानी श्रेष्ठसँगै बस्दै आएका थिए । राजुले १५ वर्षका छोरालाई भने १०० रुपैयाँ दिएर गुलमारी किन्न पसल पठाएका थिए । बुधवार बिहान उनले सँगै बस्दै आएका १५ वर्षीय छोरा अनिश श्रेष्ठलाई तरकारी किन्न पठाएर उनीहरूको हत्या गरेको पाइएको अनुसन्धान देखिएको एक प्रहरी अधिकृतले बताएका छन् ।

‘उनले आफ्नो छोरालाई यहाँ नजिकैको पसलबाट हैन, चोकमा पुगेर तरकारी लिएर आइज भनेर पठाएका रहेछन्’, उनले भने । त्यसपछि उनले तीनै जनाको हत्या गरेर आफ्नो फोनमा भिडियो खिचेर अनिशलाई पठाएका प्रहरीले जनाएको छ ।
काठमाडौंको सीतापाइलामा बुधवार बिहान ३९ वर्षीय ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा र २ वर्षीया नातिनी शिवना घरभित्रै मृत भेटिएका थिए । उनीहरूलाई घरेलु हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीले जनाएको छ । राजुको शव भने घरभन्दा केही पर जंगलमा झुण्डिएको अवस्थामा फेला परेको थियो । पारिवारिक झगडाका कारण उनले श्रीमती, छोरी र नातिनीको हत्या गरे आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७