सीतापाइलामा घटना : चारै जनाको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगियो (तस्वीरहरु)


९ फाल्गुन २०८०, बुधबार
Sitapaila 3

काठमाडौं । काठमाडौँको सीतापाइलामा हत्या गरिएका तीन जना र हत्यापछि आत्महत्या गरेका पुरुषको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । उपत्यकाका विभिन्न प्रहरी इकाइको टोलीले अनुसन्धान सकेपछि शवलाई अस्पताल पठाएका हुन् । सोलुखुम्बुको दूधकोसी गाउँपालिका घर भई नागार्जुन नगरपालिका– ६ सीतापाइलास्थित भैरबटोलमा डेरा गरी बस्दै आएका बिकले आफन्तको ज्यान लिएपछि आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

Sitapaila 1

श्रीमती र एक छोरीसहित तीन जनाको हत्या गर्ने राजु घिमिरे भनिने काजी बिक, स्वयम्भूस्थित एक घरको डेरामा बस्दै आएका ३९ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षीया छोरी शिवानी श्रेष्ठको शब पोष्टमार्टमका लागि लगिएको बताइएको छ ।

Sitapaila 2

राजुले श्रीमतीसहित तीन जनाको हत्या घरमै गरेका थिए । घटनापछि उनी आफैंले आफन्तलाई फोन गरेर तीन जनाको हत्या गरेको सूचना समेत दिएका थिए । हत्यापछि उनले पनि झुण्डिएर आत्महत्या गरेका छन् । घरभन्दा केही पर उनको शव भेटिएको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हत्याको कारण पारिवारिक झगडा भएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धानका लागि प्रहरी टोली विकको डेरामा जुटेको छ ।

Sitapaila 4
sita paila hatya 1
sita paila 3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७