गठबन्धन सरकारप्रति एकीकृत समाजवादीमा ब्यापक असन्तुष्टि छ : झलनाथ खनाल


९ फाल्गुन २०८०, बुधबार
jn

झापा । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले गठबन्धन सरकारप्रति पार्टीभित्र व्यापक असन्तुष्टि रहेको बताएका छन् ।

आज (बुधवार) झापामा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी सरकारमा निमित्तमा सहभागी बनेको जिकिर गरे । उनले गठबन्धन चल्नुपर्ने जसरी चल्न नसकेको बताए । उनले देशले नयाँ कोर्षको माग गरिरहेको बताएका छन् । उनले देशका आम जनता र राष्ट्रका मागहरुलाई सम्बोधन गर्ने किसिमको सोच, विचारका साथमा, नीतिका साथमा कार्यक्रमका साथमा बजेट र योजनाका साथमा नयाँ ढंगले सरकार आउनुपर्ने उल्लेख गरे। उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा जनतालाई छुन नसकेको बताए ।

उनले भने, ‘सरकारले जस्ता नीति र कार्यक्रम ल्याएको छ । यसले जनतालाई छोएको छैन। सरकारले जुन बजेट ल्याएको छ, यसले जनतालाई छोएको छैन । हाम्रा दुई जना मन्त्रीहरु हुनुहुन्छ, त्यो मन्त्रालयमा बजेट नै छैन के गर्नु ? बजेट दिएको केही गर्नु । उनहरुलाई केही गर्न किन सक्नुभएन भन्दा बजेट छैन के गर्नु भन्छन् । हामी निमित्तमा सहभागी छौँ । तर यो गठबन्धन जसरी चल्नुपर्ने हो, त्यसरी चल्न सकेको छैन ।’

उनले मुलुकको अर्थतन्त्र संकटपूर्ण रहेको बताएका छन् । उद्योगबाट आउने राजश्व देशमा वि.सं. १९९५ को भन्दा कम रहेको बताए । सो बेलामा नेपालको जिडिपीमा औद्योगिक क्षेत्रले १४ प्रतिशत योगदान गरेको भएपनि अहिले ५ प्रतिशत भन्दा कम रहेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७