पोर्चुगल पठाइ दिने भन्दै १७ लाख लिएपछि फरार भण्डारी पक्राउ


२०८० फाल्गुण ९ बुधबार ०८:०० बजे

काठमाडौं । वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइ दिने भन्दै लाखौं रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–४ घर भइ हाल काठमाडौंको मित्रनगर बस्ने २३ वर्षीय टीकाबहादुर भण्डारी रहेका छन् ।

उनी टोपेन्द्र घर्ती समेत दुई जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने, त्यसका लागि प्रतिव्यक्ति १५ लाख रुपैयाँ लाग्ने र त्यहाँ प्रतिष्ठित कृषि कम्पनीमा काम लगाइ दिने आश्वासन दिएर १७ लाख ६० हजार रुपैयाँ लिइ फरार भएका थिए ।
आफू ठगिएको थाहा पाएपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा खोजतलासका क्रममा भण्डारीलाई काठमाडौंको मित्रपार्कबाट नियन्त्रणमा लिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए । उनलाई थप कारवाही र अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७