व्यवसायी खड्कालाई अपहरण गरेको भन्दै कांग्रेस नेता गणेश लामाविरुद्ध जाहेरी


२०८० फाल्गुण ९ बुधबार ०७:१५ बजे

काठमाडौं । ई–कर्मस वेबसाइट ग्यापु डटकमका सञ्चालक ज्ञानेन्द्र खड्कालाई अपहरण गरेको भन्दै कांग्रेस नेता गणेश लामाविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ ।

उनीविरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंमा उजुरी परेको हो । प्रहरीले निवेदनमाथि प्रारम्भिक अनुसन्धान गरेर थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको छ । सत्तारुढ नेपाली कांग्रेसमा केन्द्रीय सदस्य रहेका लामा गुण्डागर्दीको पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका व्यक्ति हुन् । लामासहितको समूहले आफूलाई ललितपुरको ढोलाहिटीस्थित आदर्श टोलबाट अपहरण गरेको पीडितको जाहेरीमा उल्लेख छ । अपहरण गरेर लन्डन हाउस होटलमा लगेर बन्धक बनाएको जाहेरीमा भनिएको छ ।

आरोपी लामा कुनै बेला गुण्डागर्दीको क्षेत्रमा काभ्रेली समूहको नाइकेका रुपमा चिनिन्थे । पछि उनी विजयकुमार गच्छदारसँग नजिकिएर मधेशी जनाधिकार फोरम लोकतान्त्रिकमा आवद्ध भए । पछि फोरम लोकतान्त्रिक र कांग्रेसबीच एकता हुँदा उनी केन्द्रीय सदस्य बनेका थिए । २०७४ सालमा काभ्रेबाट प्रदेशसभा सदस्य निर्वाचन लडेका उनी पराजित भए । पछि १४ औं महाधिवेशनमा शेरबहादुर देउवाको प्यानलबाट चुनाव लडेर उनी केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७