वाफ च्याम्पियनसिपमा आज नेपालले इराकको सामना गर्दै


१० फाल्गुन २०८०, बिहीबार
baff bumans TUE2bdM3zu

काठमाडौं । नेपालले साउदी अरेबियामा जारी पश्चिम एशिया फुटबल एशोसिएसन (वाफ) च्याम्पियनसिपमा आज दोस्रो खेल खेल्दैछ ।

nep

यस प्रतियोगितामा नेपालले समूह चरणको दोस्रो खेलमा इराकको सामना गर्न लागेको हो । यो खेल नेपाली समय अनुसार साँझ ७ :४५ बजे जेहादस्थित किंग अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा हुँदैछ । नेपालले यसअघि पहिलो खेलमा सिरियालाई ४–१ गोल अन्तरको जित हासिल गर्दै महत्वपूर्ण ३ अंक हासिल गरेको थियो भने पहिलो खेलमा इराक भने प्यालेस्टाइनसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।

baf

समूह ‘बी’ अन्तर्गत नै आज सिरिया र प्यालेस्टाइनबीचको खेल पनि हुँदैछ । यस प्रतियोगितामा नेपाल र गुआम आमन्त्रित टिमको रुपमा सहभागिता जनाइ रहेका छन् । नेपाल रहेको समूह ‘बी’ मा प्यालेस्टाइन, सिरिया र इराक रहेका छन् भने समूह ‘ए’ मा आयोजक साउदी अरेबियासहित, गुआम, लेबनान र जोर्डन रहेका छन् । नेपालले समूह चरणको अन्तिम खेल आगामी शनिबार प्यालेस्टाइनसँग खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७