बारामा मोटरसाइकलबाटै बाघले लछारेपछि …


२०८० फाल्गुण १० बिहीबार ०८:०६ बजे

बारा । बारामा बाघले आक्रमण गर्दा दुई जना घाइते भएका छन् । घाइते हुनेमा रौतहट बौधिभाई नगरपालिका–३ का ३० वर्षीय कृष्ण साह र सोही ठाउँका ३५ वर्षीय राजु साह रहेका छन् ।

बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार उनीहरू मोटरसाइकलमा सवार भएकै अवस्थामा बुधबार अपराह्न बाघले आक्रमण गरेको हो । अपराह्न पौने ५ बजे साहद्वय चढेको ना ३६ प ५०११ नम्बरको मोटरसाइललाई बाघले झम्टेको थियो ।

जितपुर–सिमरा उपमहानगरपालिका–१६ भद्रकालीस्थित पूर्व–पश्चिम राजमार्गमा पथलैयाबाट रोतहटतर्फ जाँदै गरेको मोटरसाइकललाई बाघले झम्टेको हो । उनीहरूको सामुदायिक अस्पताल निजगढ बारामा उपचार भइरहेको छ । बाघले झम्टिँदा मोटरसाइकलबाट लडेर दुबै जना घाइते भएका हुन् । चालक कृष्णको खुट्टामा र पछाडि सवार राजुको टाउको, बायाँ र दायाँ हातमा चोट लागेको छ । राजुलाई बाघले लछारेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए । उक्त क्षेत्रमा बाघले आक्रमण गर्नसक्ने भएकाले आवत–जावत नगर्न प्रहरीले सुझाव दिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७