चितवनमा स्कुल बसका चालकलाई पेस्तोल देखाउँदै हातपात र धम्की


१० फाल्गुन २०८०, बिहीबार
pestol
सांकेतिक तस्वीर

चितवन । चितवनको भरतपुरमा स्कुल बसको चालकलाई पेस्तोल देखाउँदै हातपात भएको छ । भरतपुरस्थित सनराइज स्कुलको बसका चालकलाई अज्ञात व्याक्तिले पेस्तोल देखाएर हातपातसँगै धम्की दिएको हो । विद्यार्थीलाई घर पुर्‍याउने क्रममा बुधबार अपरान्ह ४ः१५ बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्वर ८ सल्यानीमा अज्ञान व्यक्तिले स्कूल बसका चालकलाई पेस्तोल देखाएर धम्की दिएको हो ।

कालो रंगको गाडीमा आएका व्यक्तिले बसका चालकलाई पेस्तोल देखाएको सनराइज स्कुल स्रोतले जानकारी दिएको छ । बसमा केही विद्यार्थी समेत थिए । गाडी फर्काउने क्रममा चालकसँग भनाभन भएपछि कारमा आएका व्याक्तिले स्टेरिङ समातिरहेका चालकलाई पेस्तोल देखाएको विद्यार्थीले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले घटनाको विषयमा अनुसन्धान सुरु गरिएको र सिसिटिभी फुटेजको सहयोग लिन लागिएको बताए । एक अभिभावकले सामाजिक सञ्जालमा यो विषय हालेपछि घटना बाहिर आएको हो । घटनाको विषयमा विद्यालय प्रशासन र प्रहरी प्रशासनले खुलेर बोल्न चाहेका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७