गैरहाजिर यी १८ प्रहरी एक महिनादेखि कहाँ छन् ? (सूचीसहित)


१० फाल्गुन २०८०, बिहीबार
police head

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले जानकारी नदिई गैरहाजिर रहेका १८ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयले एक बिहीबार सूचना जारी गर्दै एक महिनाभन्दा बढी समयदेखि गैरहाजिर एक जना प्रहरी सहायक निरीक्षक, एक प्रहरी वरिष्ठ हवलदार, ३ जना प्रहरी सहायक हवल्दार र १३ जना प्रहरी जवान सम्पर्कमा आउन निर्देशन दिएको हो ।

‘केही प्रहरी मंसिरदेखि गैरहाजिर छन् । खोजी गर्दा र प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा आएका छैनन् । सात दिन भित्र हाजिर हुन आउनू,’ प्रहरी प्रधान कार्यालयले सूचनामा भनेको छ । उनीहरूलाई बाटोको म्यादबाहेक सात दिनको समय दिएर चित्तबुझ्दो स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन आउन भनिएको छ । अन्यथा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाइने जानकारी कार्यालयले दिएको छ ।

police 18 RKUDhIqTEj

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७