शाहरुख र सलमान भन्दा बढी कमाउँछन् अजय देवगन, कसको कमाइ कति ?


१० फाल्गुन २०८०, बिहीबार

मुम्बइ । सिनेमामा कुनै समय यस्तो थियो, जब फिल्मका कलाकारलाई केही हजार रुपैयाँ मात्रै फिल्मको पारिश्रमिक दिइन्थ्यो । त्यसपछि करिब ३० वर्षअघि सुपरस्टारले हरेक फिल्मका लागि करोडभन्दा बढी पारिश्रमिक लिन थालेका थिए ।

त्यसयता कलाकारको पारिश्रमिक ह्वात्तै बढेको छ र आजकल सुपरस्टारहरूलाई एउटा फिल्मका लागि १०० करोड रुपैयाँसम्म पारिश्रमिक लिन्छन् । तर के तपाईलाई थाहा छ आजको सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेता को हुन् ? जसले क्यामियो रोलका लागि प्रति मिनेट ४.५० करोड भारुमा सम्झौता गर्न सफल भएका छन् । शाहरुख खान, सलमान खानदेखि रणबीरसम्मको नाम तपाईको दिमागमा आउन सक्छ, तर सफलताको नयाँ कहानी रच्ने स्टार अरु कोही होइन, अजय देवगन हुन् ।

कमाईको मामिलामा आमिर खान, शाहरुख खान, प्रभास, रजनीकान्त, सलमान खान र थालापथी विजय जस्ता नामहरू शीर्षमा छन् । यी सबै कलाकारको कमाई हरेक फिल्मबाट १०० करोडभन्दा बढी छ । कतिपयले आफ्ना ठूला हिट फिल्महरूबाट नाफा बाँडेर २०० करोडभन्दा बढी कमाएका छन् ।

तर पनि उनको प्रतिमिनेट कमाई २–३ करोड रुपैयाँ पुग्छ । अजय देवगनले ती सबैलाई २०२१ मा छोड्न सफल भए । एसएस राजामौलीको आरआरआरमा एउटा सानो भूमिकाका लागि उनलाई ३५ करोड रुपैयाँ दिइएको थियो । अजय फिल्ममा ८ मिनेट मात्र पर्दामा थिए, जसको मतलब फिल्मको लागि उनको प्रति मिनेट शुल्क ४.५ करोडभन्दा बढी थियो ।

अजय देवगन आरआरआरमा श्रिया सरनसँग एक फ्ल्यासब्याक दृश्यमा देखिएका थिए । यो ठूलो बजेटको फिल्मका लागि अजयले ठूलो रकम लिन सफल भए । अजय देवगनको पारिश्रमिक ३५ करोड रुपैयाँ छ । उनले फिल्ममा नायकको भूमिका निर्वाह गरेमा नाफाको ५० प्रतिशत हिस्सा पनि लिने गरेका छन् । यसको मतलब तानाजी र दृश्यम २ जस्ता फिल्मका लागि उनको पारिश्रमिक १०० करोड रहेको छ ।

यो वर्ष अजय आफ्नो सुपरहिट फिल्म सिंघम, सिंघम अगेनको सिक्वेलमा सुपरकप बाजीराव सिंघमको भूमिकामा पर्दामा फर्कने भएका छन् । यो फिल्म रोहित शेट्टीको कप ब्रह्माण्डको एक हिस्सा हो र यसमा अजय बाहेक अक्षय कुमार, रणवीर सिंह, अर्जुन कपूर, दीपिका पादुकोण, करीना कपूर, टाइगर श्राफ र ज्याकी श्राफ जस्ता स्टारहरू काम गरिरहेका छन्। यो फिल्म अगस्ट १५ मा रिलिज हुँदैछ । यसअघि अजय मनोवैज्ञानिक थ्रिलर शैतानमा देखिनेछन्, जसमा उनीसँग ज्योतिका र आर माधवन काम गरिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७