क्यानडा–११ विरुद्ध टस हारेर पहिला ब्याटिङ्ग गर्दै नेपाल, टोलीमा चार परिवर्तन


२०८० फाल्गुण १० बिहीबार ०७:३२ बजे

काठमाडौँ । नेपाल ‘ए’ र क्यानडा– ११ बीचको सिरिजको तेस्रो तथा निर्णायक खेल आज हुँदैछ । मुलपानी क्रिकेट मैदानमा हुने यो खेलमा क्यानडा–११ ले टस जितेको छ । क्यानडा– ११ ले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिला ब्याटिङ्ग गर्ने भएको छ ।

यसअघि खेलेको पहिलो खेल क्यानडा– ११ ले जितेको थियो भने दोस्रो खेलमा नेपाल ‘ए’ ले जित हासिल गरेको थियो । १–१ को बराबरीमा रहेको सिरिज आज जित्ने टिमले हासिल गर्नेछ । आजको खेलमा नेपालले दोस्रो खेलको प्लेइङ ११ मा ४ परिवर्तन गरेको छ । विवेक यादव, किरण ठगुन्ना, मयन यादव र रिजन ढकाललाई आराम दिंदै आशुतोष घिरैया, सुजन थपलिया, हेमन्त धामी र प्रतिश जिसीलाई खेलाइएको छ । आजको खेल जित्ने टोलीले यो शृङ्खला २–१ ले जित्नेछ । नेपालले पहिलो खेल विनोद भण्डारीको कप्तानीमा खेलेको थियो भने दोस्रो खेल सन्दीप जोराको कप्तानीमा खेलेको थियो ।

नेपालको प्लेइङ–११ :

सन्दीप जोरा (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, हेमन्त धामी, प्रतिस जिसी, रसिद खान, सागर ढकाल, शाहब आलम, शेर मल्ल र सुजन थपलिया रहेका छन् । नेपाल ‘ए’ टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७