धनगढीमा गोली प्रहार गरी साढे ९ लाख लुट्ने समूहका योजनाकार काठमाडौंमा पक्राउ


२१ जेष्ठ २०७५, सोमबार
lut

काठमाडौं, २१ जेठ । एक साताअघि कैलालीको धनगढी उपहानगरपालिका–१ मा आइएमइ कर्मचारीमाथि गोली हानेर ९ लाख रुपैयाँ लुट्ने समूहका योजनाकार काठमाडौंबाट पक्राउ परेका छन् ।lut

पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर–९, पिपरियाका २३ वर्षीय कल्लु भनिने कालु राना छन् । उनीसँगै कैलालीको धनगढी उपमहानगरपालिका–१३, कैलालीगाउँका २८ वर्षीय रामप्रवेश रानालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको गोंगबु क्षेत्रबाट सोमबार बिहान पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंहले जानकारी दिएका छन् ।

राना घटनाका मुख्य योजनाकार रहेको सिंहले बताए । ‘घटनामा उनैले आइएमइका कर्मचारीमाथि गोली प्रहार गरेका थिए’, सिंहले भने, ‘उनीहरु ९ लाख ५० हजार रुपैयाँ लुटेर फरार रहेको सूचना प्राप्त भएपछि हामीले निगरानी बढाएका थियौं ।’ कल्लुले गोली प्रहार गरेर रकम लुटेको स्वीकार गरिसकेका छन् । उनी यसअघि पनि जबरजस्ती करणी मुद्दामा सजाय भोगिसकेका व्यक्ति हुन् । ०६८ सालमा कञ्चनपुरमा उनी पक्राउ परेर ६ वर्ष कैद भुक्तान गरी ०७४ माघमा छुटेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७