प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


१० फाल्गुन २०८०, बिहीबार
Akhtiyar

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । वडा कार्यालयको फिल्ड निर्माण योजनामा अनियमितता गरेको आरोपमा हुम्ला चंखेली गाउँपालिकाका तत्कालीन विष्णुबहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली र असिस्टेन्ट सब–इन्जिनियर हर्कधन बुढाविरुद्ध मुद्दा दायर गरिएको हो ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार चंखेली गाउँपालिका वडा नं. ३ स्थित मिमि वडा कार्यालयको फिल्ड निर्माण योजनामामा उनीहरूले वास्तविक काम भएको भन्दा बढी मूल्यांकन गरेका छन् । त्यस्तै तत्कालीन उपभोक्ता समिति अध्यक्ष गोर्ख बुढा, सचिव मानबहादुर ऐडी, कोषाध्यक्ष डल्ली बुढा र वडा ३ का अध्यक्ष शालिग्राम ऐडीविरूद्ध पनि मुद्दा दायर भएको हो । उनीहरूले काम गरेभन्दा बढी काम भएको देखाएर बिल भरपाई तथा कार्यसम्पन्न प्रतिवेदन तयार गरी ११ लाख ९४ हजार ४२६ रुपैयाँ बढी भुक्तानी दिएको पाइएको प्रवक्ता घिमिरेले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७