नेपाल प्रहरीका सात एसपीको सरुवा, को कहाँ पुगे ?


१० फाल्गुन २०८०, बिहीबार
police head

काठमाडौँ । नेपाल प्रहरीका सात जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले एसपीहरूको काज सरुवा गरेको हो ।

प्रहरी प्रवक्ता (डीआइजी) भीम ढकालका अनुसार एसपी श्यामसिंह चौधरीलाई जिल्ला प्रहरी कार्यालय धनकुटा, विनोद सिलवाललाई सर्वोच्च अदालत सुरक्षा कार्यालय, विमल बस्नेत संसद्को मर्यादापालक प्रमुख र राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा वीरेन्द्र शाहीलाई सरुवा गरिएको छ ।

प्रहरी उपरीक्षक विमलराज कँडेललाई प्रहरी प्रधान कार्यालयस्थित कल्याण महाशाखा पठाएको छ भने बालनरसिंह राणालाई महिला बालबालिका निर्देशनालय र नान्तीराज गुरुङलाई ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा गरिएको प्रवक्ता ढकालले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७