नेपाल लक्षित ओलीको टिप्पणी : पार्टी फोड्ने तत्वहरुसँग एकता हुँदैन


१० फाल्गुन २०८०, बिहीबार
kp

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीसँग एकता नहुने प्रष्ट पारेका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा विभिन्न पार्टी परित्याग गरी आएका नेता-कार्यकर्ताहरूलाई एमालेमा प्रवेश गराउँदै उनले यस्तो बताएका हुन् । उनले एमाले पार्टी फोडेकोमा पश्चाताप नगर्ने, दुईतिहाइको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएकोमा पश्चात्ताप नगर्नेहरूलाई एमालेमा प्रवेश नगराउने बताए । उनले अहिले पार्टी प्रवेशको लहर तीव्र गतिमा बढिरहेको जिकिर गरे ।

पार्टी प्रवेश गर्नेहरूमा पूर्व प्रदेशसभा सदस्य तथा आम जनता पार्टीका उपमहासचिव कुन्दन कुसवाहा, आम जनता पार्टीका केन्द्रीय सदस्य अरविन्दकुमार यादव, केन्द्रीय सदस्य सञ्जयकुमार साह, सरफलाल महतो, दीपककुमार दुबे र सुरेन्द्रप्रसाद चौधरीलगायतका नेताहरू रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७