कांग्रेस महासमिति वैठकमा तनाव : गगन थापा समर्थकको नाराबाजी, मञ्चमा पुग्यो प्रहरी


१० फाल्गुन २०८०, बिहीबार
gagan

काठमाडौं । नेपाली कांग्रेस महासमिति बैठकमा प्रदेश सभापतिहरूले समूहगत छलफलबाट आएका सुझवाहरू पेस गरिरँदा नारावाजी भएको छ ।

ललितपुरको गोदावारीमा जारी बैठकमा बागमती प्रदेश सभापति ईन्द्र बानियाँले महामन्त्री गगन थापाले पेस गरेको प्रस्तावमाथि समूहगत छलफलबाट आएको सुझाव पेस गर्दा गगन थापा समर्थकले नारावाजी गरेका हुन् । बानियाँले निष्कर्ष सुनाउने क्रममा गठबन्धनको विषय रणनीतिक मात्रै हुनुपर्ने बताएसँगै होहल्ला सुरु भएको हो । बैठक हलमा तनावको अवस्था सिर्जना भएसँगै अर्का महामन्त्री विश्वप्रकाश शर्माले माहोललाई शान्त बनाउन प्रयास गरेका थिए । तर, गगनको प्रस्तावअनुसार अघि बढिनुपर्ने भन्दै समर्थकहरुले नाराबाजी जारी राखे ।

उनले अहिले नै गठबन्धन नगर्ने भनी निर्णय गर्नुनपर्ने सुझाव आएको रिपोर्टिङ गरेपछि होहल्ला र नारावाजी भएको हो । केही महासमिति सदस्यहरू नारावाजीमा उत्रिएपछि धकेलाधकेलस मेत भएको छ । यसपछि मञ्चमा प्रहरी पुगेका छन् । होहल्ला र नारावाजीका बीच बैठक जारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७