गठबन्धन नगर्ने गगनको प्रस्तावसहित कांग्रेस महासमितिले पारित गर्‍यो चार प्रतिवेदन


१० फाल्गुन २०८०, बिहीबार
mahasamiti

काठमाडौं । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पेस भएका चार वटै प्रस्ताव सर्वसम्मतिले पारित भएका छन् ।
उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक प्रस्ताव, अर्का महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले पेस गरेको लेखा परीक्षण प्रतिवेदन सर्वसम्मतिले पारित भएका हुन् ।

महामन्त्री थापाले चार वटै प्रस्ताव पारित गरिदिन गरेको आग्रहमा महासमिति सदस्यहरूले ताली बजाएका थिए । गनले चुनावी गठबन्धन नगर्ने प्रस्ताव पेश गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७