महासमिति वैठकमा शेखरको आग्रह : कांग्रेस रुपान्तरण यात्रामा अविचलित भएर लागौं


१० फाल्गुन २०८०, बिहीबार
shekhar

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी रुपान्तरणमा आफ्नो अविचलित यात्रा जारी रहेको बताएका छन् । महासमिति बैठक समापन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले महासमिति बैठकले नविन कांग्रेस बनाउने संकल्प थप बलियो हुने बताएका छन् । उनले कांग्रेस आफ्नो मौलिक पहिचानबाट टाढा जान नहुने बताए ।

कोइरालाले आम जनतामा केही हुँदैन भन्ने न्यारेटिभ बन्दै गएको बताएका छन् । ‘आम जनतामा यो देशमा केही हुँदैन भन्ने न्यारेटिभ हुँदैन भन्ने छ यसलाई चिर्न पार्टी संगठन व्यापक रूपमा परिचालन हुनुपर्छ । आजैबाट जुटौँ,’ उनले भने । उनले अब पार्टीका सबै एकताबद्ध भएर अगाडि बढाउनुको विकल्प नभएको समेत बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७