हामीले धर्मनिरपेक्ष देश बनाएर गलत गर्‍यौं : शशांक कोइराला

‘३६४ दिन कांग्रेस बनेर हिँड्ने, मत हाल्ने दिन अर्को चिह्नमा खसाल्ने कांग्रेस चाँहिदैन’


१० फाल्गुन २०८०, बिहीबार
sashanka koirala

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले देश धर्मनिरपेक्ष हुन नसक्ने बताएका छन् । आज (बिहीबार) महासमिति बैठकको समापन समारोहलाई सम्बोधन गर्दै उनले धर्म स्वतन्त्र हुने भन्दै निरपेक्ष बनाउनु दुःखद भएको बताए । ‘धर्म न सापेक्ष हुन्छ न त निरपेक्ष हुन्छ । यो स्वतन्त्र हुन्छ तर हामीले धर्म निरपेक्ष बनाएर गलत गर्‍यौं, यो दुर्भाग्य हो,’ उनले भने ।

कोइरालाले कांग्रेसको चार तारामध्ये एक तारा त्यही धर्म भएको बताए । उनले चुनाव अघि गठबन्धन कुनै पनि हालतमा उपयुक्त नहुने बताए । कोइरालाले चुनावपछि सरकार बनाउँदा गठबन्धन गर्न सकिने जिकिर गरे । कोइरालाले ३६४ दिन कांग्रेस बनेर हिँड्ने मत हाल्ने दिन अर्को चिह्नमा मत खसाल्ने कांग्रेस आवश्यक नभएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७