अधिवेशन सुरु भएको पाँच दिनपछि एमाले कैलालीको मतदान अनिश्चितकालका लागि स्थगित


२०८० फाल्गुण १० बिहीबार ०७:५८ बजे

धनगढी । अधिवेशन सुरु भएको पाँच दिनसम्म पनि नेतृत्वको लागि रस्साकस्सी चलिरहेको नेकपा एमाले कैलालीको अधिवेशनमा मतदान अनिश्चितकालका लागि स्थगित गरिएको छ । अधिवेशन सुरु भएको पाँचौं दिन बिहीबार दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म नेतृत्व चयनका लागि मतदान हुने तय गरिएको थियोमा साढे ५ बजे निर्वाचन कमिटीले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि मतदान स्थगित गरिएको जनाएको हो ।

अधिवेशनका प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले अर्को सूचना जारी नभएसम्ममा लागि निर्वाचन कार्यक्रम स्थगित गरिएको सूचनामा जारी गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन ६ गते आइतबार अधिवेशनको उद्घाटन गरेका थिए। उद्घाटन समारोहमा बोल्दै उनले सहमति नभए भोलिपल्टै निर्वाचन प्रक्रिया थाल्न निर्देशन दिएको भए पनि कैलालीमा पाँचौं दिन समेत मतदान हुन सकेको छैन ।

एमाले केन्द्रीय सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्ण थापा र एमाले सुदूरपश्चिम कमिटि निवर्तमान अध्यक्ष दामोदर भण्डारीको चरम गुटबन्दीका कारण अधिवेशन अनिर्णयको बन्दी बनेको प्रतिनिधिको आरोप छ । नेतृत्वका लागि कैलालीमा हालका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्व सचिवालय सदस्य यज्ञराज ढुंगाना प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७