राष्ट्रियसभाको पनि बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


११ फाल्गुन २०८०, शुक्रबार
Samsad latest scaled
फाइल फोटो

काठमाडौं । राष्ट्रियसभाको बैठक आज (शुक्रबार) बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ । आजको बैठकमा दिलकुमारी थापा पार्वतीले ‘मौलिक हक कार्यान्वयनको लागि बन्न बाँकी कानुन २०८१ असोज ३ गतेसम्म निर्माण गरिसक्नु पर्ने सबन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

अर्थमन्त्री प्रकाशशरण महतले ‘सुरक्षित कारोबार (पहिलो संसोधन) बिधेयक, २०८०’ सभा समक्ष पेश गर्नेछन भने भने कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले ‘बिधायन ब्यवस्थापन समितिको प्रतिबेदनसहित बिधायन सबन्धी बिधेयक २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् साथै सो बिधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

r 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७