१०३ कम्पनीले बाँडे ३२ अर्ब ६ करोड बोनस शेयर, कसको कति ? (सूचीसहित)


२१ जेष्ठ २०७५, सोमबार
Bonus share

काठमाडौं, २१ जेठ । नेपाल स्टक एक्चेन्ज लिमिटेड (नेप्से) मा सूचीकृतमध्ये १०३ कम्पनीले लगानीकर्तालाई बोनस शेयर बाँडेका छन् । लगानीकर्ताले ३२ अर्ब ६ करोड ४४ लाख रुपैयाँ बराबरको ३२ करोड ६ लाख ४४ हजार कित्ता बोनस शेयर पाएका छन् ।Bonus share

बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले चुक्तापुँजी बढाउन अघिल्लो वर्ष गरेको नाफाबाट लगानीकर्तालाई बोनस शेयर वितरण गरेका हुन् । सबैभन्दा बढी बोनस दिनेमा राष्ट्रिय बीमा कम्पनी लिमिटेड रहेको छ । राष्ट्रिय बीमाले गत आर्थिक वर्षमा गरेको नाफाबाट शेयर धनीलाई ११४ प्रतिशतसम्म बोनस शेयर वितरण गरेको छ ।

यस्तै स्ट्याण्डर्ड चाटर्ड बैंकले १००, कालिका माइक्रोक्रेडिट वित्तीय संस्थाले ६५, नागवेली लघुवित्त वित्तीय संस्थाले ४५, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४२ प्रतिशत रहेको धितोपत्र बोर्डले जनाएको छ ।
अझै कतिपय कम्पनीको बोनस शेयर वितरण गर्न बाँकी रहेकाले थप हुने बोर्डले जानकारी दिएको छ । धेरै लाभांश दिनेमा अधिकांश माइक्रोफाइनान्स छन् । बैंक तथा वित्तीय संस्थाको न्युन रहेको छ ।

यस्तै जलविद्युत, उत्पादनमुलक, होटललगायत वर्गका कम्पनीले पनि लगानीकर्तालाई बोनस शेयर वितरण गरेका छन् । यद्यपी लगानीकर्तालाई बोनस शेयर दिनेमा अधिकांश बैंक तथा वित्तीय संस्था रहेका छन् । यो वर्ष नगद लाभांश दिने कम्पनीको संख्या न्युन छ ।
सबै कम्पनीको बोनस शेयर कारोबारका लागि नेप्सेमा सूचीकृत भइसकेका छन् । अझै केही बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारणसभा नभएकाले लगानीकर्ताले बोनस शेयर भने पाएका छैनन् । सिभिल बैंक, एनएमबी बैंक, नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र प्रभु बैंकका लगानीकर्ताले लाभांश पाएका छ्रैनन् । लगायत धेरै कम्पनीले बोनस सेयर घोषणा गर्न बाँकी छ ।

कसको कति बोनस ?1 12 13 14 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७