१०९ ठूला ठेकेदारलाई पक्रिन सिडिओले काटे प्रहरीलाई पत्र, को–काे पर्दैछन् पक्राउ ?


२१ जेष्ठ २०७५, सोमबार
thekedhar

काठमाडौं, २१ जेठ । तोकिएको समयमा काम पूरा नगर्ने एक सय ९ जना ठेकेदारलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई पत्र काटेको छ । thekedhar

जिल्ला प्रशासन कार्यालय काठमाडौंले १०९ ठेकेदारको विवरणसहित महानगरीय प्रहरी परिसरलाई पत्र काटेको हो । कार्यालयले काठमाडौंमा काम नसक्ने ५०१ ठेकेदार कम्पनीहरुको सूची बनाई गृह मन्त्रालयमा पेश गरेको थियो । त्यसमध्ये काम नसक्ने ३४२ ठेकेदारहरुले समयमै काम नसकेको पाइएको थियो । ३४२ जनाबाट १०९ वटा कम्पनीलाई कार्बाही गर्न आदेश आएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी बासु घिमिरेले जानकारी दिएका छन् । ‘८५ लाख रुपैयाँ भन्दामाथिको आयोजनाको जिम्मा लिएर काम नगर्ने ठेकेदारको सूची प्रहरीलाई बुझाएका छौं’, घिमिरेले भने ।

ठेकेदारमाथि सार्वजनिक खरिद ऐन बमोजिम कार्बाही हुनेछ । उपत्यकाभित्र सडक, पुल, भवन, नहर लगायत पूर्वाधारको काम जिम्मा लिई समयमै काम नसक्ने १०३ वटा कम्पनीका मालिकलाई अब जुनसुकै बेला प्रहरीले प्रक्रन सक्ने उनले बताए ।
काम नसक्ने ठेकेदारहरुसँ सम्झौता रद्ध, बैंक खाता बन्द, अन्य क्षेत्रको ठेक्कामा प्रतिबन्ध र पक्राउ गरी जेल हाल्नेसम्मको निर्देशन आएको सहायक प्रमुख घिमिरेले जानकारी दिएका छन् ।

कलङ्की–नागढुङ्गगा–त्रिपुरेश्वर सडकखण्डमा काम गरिरहेका ६ ठेकेदार कम्पनीले सर्वोच्च अदालत र स्थानीय वासिन्दाको अवरोधका कारण समयमै काम नसकिने बताएका छन् । म्याद नाघेका ठेकेदार कम्पनीहरु क, ख, ग र घ वर्गका कम्पनी छन् । त्रिवेणी कन्स्ट्रक्सन कम्पनी प्रा लि, नयाँयुग निर्माण सेवा जोरपाटी, केदार निर्माण सेवा, स्वच्छन्दरछिरिङ्ग जेभी, गोरखा एप्रोप्रियट टेक्नोलोजी फर रिकन्ट्रक्सन प्रालि लगायत १०९ जना रहेको प्रशासन कार्यलयले जनाएको छ । काम सक्ने मिति सकिसकेका ठेकदारहरुलाई कार्बाही प्रक्रिया अघि बढाउन यसअघि गृहबाट सिडिओ कार्यलयलाई निर्देशन आएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७