कांग्रेसले नेतृत्व लिएर संविधान संशोधन गरौं : उपसभापति खड्का


११ फाल्गुन २०८०, शुक्रबार
purna

काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसका उपसभापति एवम् उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कांग्रेसको नेतृत्वमा जारी भएको संविधान कार्यान्वयनको समीक्षा गर्दै संविधान संशोधनको नेतृत्व गर्नुपर्ने बताएका छन् ।

पार्टीको महासमिति बैठकको समापन समारोहमा बोल्दै उनले संविधान जारी गर्ने बेला विभिन्न राजनीतिक दलहरूसँग गरेको प्रतिबद्धता बमोजिम संविधानलाई समयाअनुसार परिवर्तनशील दस्तावेजकारुपमा लिएर संविधान संशोधनको नेतृत्व गर्नुपर्ने धारणा राखे ।

‘संविधान जारी गर्ने बेला सर्वसहमति नभएको सत्य हो । संविधानमा सबैका सबै कुरा समेटिएको छैन । कतिपय क्षेत्र, वर्ग र समुदायका अधिकारका विषय छुटेका छन्, कतिपय असन्तुष्टिहरू छन्,’ उनले भने, ‘संविधान जारी भएर लागू भएको पनि आठ बर्ष बितेको छ । त्यसकारण अब संविधान कार्यान्वयनको समीक्षा गर्दै आवश्यक संशोधनका लागि कांग्रेसले बातावरण बनाउनु आवश्यक छ ।’ उनले दलहरुलाई थप विश्वासमा लिएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुद बनाउन पहल लिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७