वाफ च्याम्पियनसिप : नेपाल आज प्यालेस्टाइनसँग भिडदै


१२ फाल्गुन २०८०, शनिबार
baff bumans TUE2bdM3zu

काठमाडौँ । नेपाल साउदी अरेबियामा जारी पश्चिम एशिया फुटबल एशोसिएसन (वाफ) च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज (शनिबार) खेल्दै छ ।

नेपालले आज प्यालेस्टाइनसँग खेल्दै छ । नेपाल र प्यालेस्टाइन यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका छन् । प्यालेस्टाइनले आफ्नो दोस्रो खेलमा सिरियालाई पराजित गरेसँगै समूह ‘बी’ बाट नेपाल र प्यालेस्टाइनले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

अब समूह चरणको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनको सामना गर्नेछ भने सिरियाले इराकको सामना गर्नेछ । यो खेलपछि समूह विजेता र उपविजेताको टुंगो लाग्ने छ । त्यसैगरी समूह ‘ए’ बाट पनि सेमिफाइनलमा पुग्ने देशको टुंगो लागेको छ । समूह ‘ए’ बाट जोर्डन र लेबनान सेमिफाइनलमा पुगेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७