काँडाघारीमा भेटियो थापाथली प्रसूति गृहबाट हराएको शिशु फेला, दैलेखकी मनिषासहित तीन जना पक्राउ


१२ फाल्गुन २०८०, शनिबार
chori
बच्चा चोरी गरेर जाँदै गरेकी महिला । सीसीटीभीमा कैद तस्वीर ।

काठमाडौँ । काठमाडौँ थापाथलीको परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको शिशु काँडाघारीमा फेला परेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार शिशुलाई काठमाडौँको काँडाघारीमा सकुशल फेला पारिएको हो । शिशु लिएर जाने महिला पनि पक्राउ परेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डौका एसपी नवराज अधिकारीले जानकारी दिए ।

बालिका चोरीको कसुरमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख घर भई काठमाडौँको काँडाघारीमा डेरा गरी बस्ने २४ वर्षीय मनीषा सिंहसहित अन्य दुई जना पक्राउ परेका हुन् । हिजो दिउँसो प्रसूति गृहबाट २६ दिनको शिशु एक महिलाले लिएर गएकी थिइन् । सीसी टीभीमा कैद भएको दृश्यमा मास्क लगाएकी महिलाले शिशु लिएर हिँड्दै गरेको देखिएको थियो ।

शिशु चोरी भएको भन्दै काभ्रे घर भएकी एक महिलाले हिजो जिल्ला प्रहरी परिसर काठमाण्डौमा उजुरी दिएकी थिइन् ।
उजुरीकर्ता ओपीडी जाँचका लागि थापाथली अस्पताल पुगेकी थिइन् । त्यसबेला ती महिलाले केहीबेर खेलाउने भनेर बोकेको र लगत्तै शिशुलाई लिएर फरार भएको पीडितको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७