नेपाल–भारत सीमामा ६४ नयाँ सीमास्तम्भ थपिए


२१ जेष्ठ २०७५, सोमबार
7891b4436b158f22b735ce78cbfd9c6d

झापा, २१ जेठ । नेपाल–भारत सीमा क्षेत्रमा ६४ वटा नयाँ सीमास्तम्भ थपिएका छन् । सीमास्तम्भ व्यवस्थापन गर्न दुबै देशका अधिकारीको सहभागितामा ४ वर्षअघि ‘फिल्ड वर्क टिम’ बनेको थियो ।7891b4436b158f22b735ce78cbfd9c6d

त्यही टिमको अगुवाईमा सन् २०१४ देखि सीमास्तम्भ व्यवस्थापन हुँदै आएको थियो । आइतबार भएको सीमा सर्वेक्षण बैठकमा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले ४ वर्षभित्र ६४ वटा नयाँ सीमास्तम्भ निर्माण भएको जानकारी दिएका छन् । उनका अनुसार जसमध्ये १ मुख्य र वाँकी सहायक स्तम्भ छन् । ५ वटा मर्मत गरिएको छ ।

यसअघि झापामा मात्रै २ सय ५४ स्तम्भहरु ‘गायव’ रहेको नापी विभागले जनाएको थियो । सीमामा हराएका भनिएका स्तम्भहरुको खोजी गरेर तिनलाई पुरानै ठाउँमा कायम गर्ने काममा विभागले काम शुरु गरिसकेको छ । नापी विभागका अनुसार झापामा कूल ९ सय ८९ वटा साना, ठूला र मझौला स्तम्भमध्ये २ सय ५४ वटा गायब छन् । झापा–इलामको सीमावर्ती वाहुनडाँगीस्थित तिरिङमा रहेको ११७ नम्बरको सीमा स्तम्भबाट खजुरगाछीको १५२ नम्बरको स्तम्भसम्मको करीब १ सय ४६ किलोमिटरमा सानो, मझौला र ठूलो गरी ९ सय ८९ वटा स्तम्भ छन् ।

८ वर्षअघि नेपाली अधिकारीको टोलीले झापामा रहेका सीमा विवाद, स्तम्भहरुको निरीक्षण र अनुगमन गरेको थियो । अनुमगनपछि टोलीले ५६ ठूला, ३ मझौला र २ सय ५७ वटा सानो गरी ३ सय १६ वटा स्तम्भ दुरुस्त अवस्थामा रहेको, १ सय २ ठूलो, १९ मझौला र २ सय ५० वटा सानो गरी ३ सय ७१ वटा स्तम्भ तत्काल मर्मत गर्नुपर्ने अवस्थामा रहेको प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७