विहे गरेको तीन वर्षसम्म सन्तान नभएपछि मनिषाले अस्पताल पुगेर चोरेकी थिइन् शिशु


२०८० फाल्गुण १२ शनिबार १०:४८ बजे

काठमाडौंं । काठमाडौंको थापाथलीस्थित प्रसुति गृहबाट शिशु चोरी गर्ने महिलासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । दैलेख घर भई हाल काठमाडौंको काडाँघारी बस्ने मनिषा सिंह र श्रीमान र उनकी आफन्तीलाई प्रहरीले पक्राउ गरेको हो ।

शिशुसहित उनीहरुलाई शुक्रबार राति ११ः४५ बजे काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काँडाघारीबाट पक्राउ गरेको हो । मनिषाका श्रीमान नेपाली सेनामा कार्यरत छन् । विहे गरेको तीन वर्षसम्म पनि सन्तान नभएपछि मनिषाले बालिकाको चोरी गरेको पाइएको अपराध महाशाखाका एसपी रविन्द्र रेग्मीले जानकारी दिएका छन् ।

प्रहरी पुग्दा आफू भर्खरै सुत्केरी भएका् र आफनै बच्चा भएको दाबी गरेकी थिइन् । एसपी रेग्मीका अनुसार मनिषाले आफू सुत्केरी भएको छिमेकी र आफन्तलाई जानकारी समेत गराएकी थिइन् । उनले बाटोमा शिशु जन्माएर ल्याएको दावी गरेकी थिइन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७