प्रधानमन्त्रीद्वारा कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुल उदघाटन


१२ फाल्गुन २०८०, शनिबार
pm 14

धनुषा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गरेका छन् । सिरहा नगरपालिका–१३ मल्हनिया र जनकनन्दिनी गाउँपालिका–६ कठाल जोड्ने कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको प्रधानमन्त्रीले आज उद्घाटन गरेका हुन् ।

करिब रु २८ करोड ८५ लाखको लागतमा निर्मित पुलको भारवहन क्षमता पाँच सय ४० मेट्रिक टन छ । चार फिट चौडा पुलबाट सर्वसाधारण, चौपाया, साइकल र मोटरसाइकल सहजै सञ्चालन गर्न सकिन्छ । यसैबीच, स्थानीय प्रशासनले पुलको दीर्घकालीन उपयोगका निम्ति भारवहन गर्ने सवारीसाधन टेम्पोलगायत साधन तीव्रगतिमा नचलाउन र साइकल, मोटरसाइकल पनि डो¥याएर नदी पार गर्न सम्बद्ध सबै प्रयोगकर्तामा अनुरोध गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७