प्रसूति गृहबाट चोरी भएकी बालिका र आमा केएमसी अस्पताल भर्ना


१२ फाल्गुन २०८०, शनिबार
bachha hori and her mother admit at knc hospital mk

काठमाडौँ । थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालमा चोरी भएकी बालिका र आमालाई काठमाडौँ सिनामंगलस्थित केएमसी अस्पतालमा भर्ना गरिएको छ ।

बच्चा र आमाको स्वास्थ्यमा समस्या देखिएपछि उनीहरूलाई शनिवार केएमसी अस्पतालमा भर्ना गरिएको केएमसी अस्पतालका कर्मचारी नारायण दाहालले बताए । उनले अहिले बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए । शुक्रवार प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्ड भित्रबाट २२ वर्षीय सविना श्रेष्ठको बच्चा चोरी भएको थियो ।

उनी काभ्रेपलान्चोक चौरीदेउराली गाँउपालिका–३ घर भई काठमाडौँको कपनमा बस्दै आएकी थिइन् । उनको २६ दिनको छोरी चोरिएको थियो । हाल शिशु चोरी गर्ने महिलालाई काठमाडौँ प्रहरी परिसर टेकुमा राखिएको छ । उक्त घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७