पोखरा प्रदेश–४ को राजधानी, नाममा भने जुटेन सहमति


२१ जेष्ठ २०७५, सोमबार
pradesh 4

पोखरा, २१ जेठ । पोखरा प्रदेश–४ को राजधानी हुने पक्का भएको छ । प्रदेश–४ को संसद बैठकमा आज प्रदेश राजधानी तथा नामाङ्कनसम्बन्धी प्रतिवेशन पेश हुँदैछ । नाममा भने अझै सहमति जुटन सकेको छैन ।pradesh 4

प्रदेशको नाममा सर्वसम्मत नहुने भएपछि जिल्ला जिल्लाबाट लिइएको सुझाव र दलको धारणाअनुसार धेरै मत पाएको नामलाई क्रमशः एक नम्बर, दुई नम्बर गरेर पेश हुँदैछ । प्रदेश राजधानी तथा नामाङ्कन समितिले पेश गर्न लागेको प्रतिवेदनमा प्रदेशको नाम एक नम्बरमा गण्डकी रहेको एक नेताले बताए । तर, गुरुङ र मगर समुदायले भने तमुवान(मगरात नाम हुनुपर्ने भन्दै सडकमै उत्रिएका छन् । तमुवान(मगरात संघर्ष समितिले आइतबार प्रदर्शन नै गरेको थियो भने सोमबार पनि प्रदर्शन तथा मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेको छ । आइतबार समितिले उपसभामुख तथा संसदीय दलका नेतालाई ज्ञापनपत्र बुझाएका थिए ।

उनीहरुले गुरुङ जातिको पहिचानलाई लत्याएर अर्कै नाम राख्न लागेको भन्दै आपत्ति जनाइरहेका छन् । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कुनै पनि जातीय आधारमा नाम राख्न नहुने बताएका छन् । तमुवान(मगरात संघर्ष समितिले भने प्रदेशको नामांकनमा तमुहरुको आदिम थलो र इतिहासलाई लत्याए आन्दोलनको चेतावनी दिइरहेका दिएका छन् ।

विश्व हिन्दु महासंघले भने कुनै पनि हालतमा जातीय नामाकरण गर्नु नहुने भन्दै आन्दोलनको चेतावनी दिएको छ । ११ जिल्ला पुगेर सुझाव संकलन गरेको समितिलाई अधिकांश दलका सांसदले भने प्रदेशको नाम गण्डकी राख्न सुझाव दिएका छन् । संसद बैठक ११ जिल्लाको सुझाव र दलको धारणाअनुसार सबैभन्दा बढी मत परेको नामअनुसार पहिलो, दोस्रो गरेर प्रस्तुत गरिने नामांकन समितिका सदस्य विन्दुकुमार थापाले जानकारी दिए । एक नम्बरमा गण्डकी नाम छ भने दोस्रोमा तमुवान(मगरात गरी क्रमश गोरखा, गण्डक, अन्नपूर्ण लगायत छन् । चैत १२ गते गठित समितिले दलको सुझाव नआएकै कारण प्रतिवेदन बुझाउन नपाएको भन्दै पछिल्लो पटक एक महिनाका लागि समय थप गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७