सशस्त्र प्रहरी पोष्टमा आगलागी, हातहतियार र गोलीगट्ठा जलेर नष्ट


१२ फाल्गुन २०८०, शनिबार
apf 2

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिकास्थित सशस्त्र प्रहरी फरवार्ड आउट पोष्ट (एफओबी) मा आगलागी भएको छ । विश्रामपुर गाउँपालिकाको बलिरामपुरमा रहेको सशस्त्र प्रहरीको एफओबीमा विद्युत् सर्ट भएर आगलागी भएको मधेस प्रदेश सशस्त्र प्रहरी प्रमुख दीपेन्द्र शाहले जानकारी दिए ।

उनले भने, ‘आगलागीबाट के कति क्षति भयो भन्ने विस्तृत विवरण आउन बाँकी छ । तर सबै हातहतियार गोलीगट्ठासहित सबै सामान जलेर नष्ट भएको प्रारम्भिक जानकारी आएको छ ।’ दिउँसो ३ बजेबाट सुरु भएको आगलागीबाट कुनै किसिमको मानवीय क्षति भने नभएको उनले जानकारी दिए ।

एफओबीमा रहेका सबै हातहतियार, गोलीगट्ठासहित सबै कागजात तथा खाद्यान्न र लत्ताकपडा जलेर नष्ट भएको सशस्त्र प्रहरीले जनाएको छ । अहिले आगलागी नियन्त्रणमा आइसकेको सशस्त्र प्रहरी एफओबी बलिरामपुरले जनाएको छ । कति हातहतियार तथा गोलीगगट्ठा क्षति भयो भन्ने यकिन विवरण अहिलेसम्म आउन नसकेको बलिरामपुर सशस्त्र प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७