साकार बन्यो ‘सुकिलुम्बा’ सपना (भिडियोसहित)


२१ जेष्ठ २०७५, सोमबार
0 Shares
suki

इलाम, २१ जेठ । इलामका नागरिकले सात वर्षदेखि देख्दै आएको सुकिलुम्बा विमानस्थलको सपना अन्नतः साकार भएको छ । सात वर्षअघि तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गरेको विमानस्थल निर्माणको काम चुस्त रुपमा अगाडि बढ्न नसक्दा निरास बनिरहेका इलामे सोमबार तारा एयरको जहाजले परीक्षण उडान गरेपछि हर्षित बनेका छन्

suki
इलामको सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान भरेको तारा एयरको जहाजलाई स्वागत गर्दै इलामे ।

सुकिलुम्बा विमानस्थलमा आज बिहान ११ः४५ बजे तारा एयरको विमान अवतरण गरेको हो । जिल्लाकै विमानस्थलमा पहिलोपल्ट जहाज ओर्लिएपछि इलाममा सर्वसाधरण सुकिलुम्बा विमानस्थलमा जहाज हेर्न ओइरिएका थिए । विमानस्थलको परीक्षण उडान सफल भएपछि स्थानीयले एक–अर्कामा खुशी साटासाट गरेका छन् ।suki 4

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
suki 5
सुकिलुम्बा विमानस्थलमा जहाज हेर्न लागेको सर्वसाधरणको भीड ।

विमानस्थललाई जग्गा दिएका कारण बाढी पहिरोको चढेटामा परेको गुनासो गर्दै आएका विमानस्थल आसपासका सर्वसाधरण पनि आफ्नै छानो माथिबाट विमान उडेको देखेपछि विरोधको आवाज उठाउनुको साटो खुशीले हर्षित बनेका छन् । ७ सय मिटर लम्बाई र अधिकतम ६० मिटर चौडाइको धावन मार्ग एक करोड १५ लाख रुपैंयाँमा निर्माण गरिएको हो । धावनमार्ग र टर्मिनल भवन निर्माण कार्य अब तत्काल अघि बढ्ने विमानस्थलका आयोजना प्रमुख पुष्प न्यौपानेले जानकारी दिएका छन् ।

suki 3
सुकिलुम्बा विमानस्थलमाथिको डाँडोबाट जहाज नियाल्दै सर्वसाधरण ।

उनले धावनमार्ग कालोपत्र गर्ने प्रक्रिया छिट्टै अगाडि बढाउने तयारी उड्ययन प्राधिकरण रहेको बताए । इलाम नगरपालिकाका मेयर महेश बस्नेत इलामले वर्षौदेखि देख्दै आएको विमानस्थलको सपना अब पूरा भएको बताउँछन् । उनी भन्छन्, ‘इलामको पर्यटन क्षेत्रले थप फड्को मार्ने आश हाम्रो छ ।’ सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी तारा एयरलाइन्सले इलाममा सफल परीक्षण उडान गरेको बताउँदै इलामले जिल्लाको विकासमा लागि ठूलो उपलब्धी हासिल गरेको बताउँछन् ।

jagdamba.cement
rbbbb

इलाम नगरापालिका–९ भञ्ज्याङ्गको थाप्लोमा रहेको सुकिलुम्बा विमानस्थलमा जहाज बसेपछि इलामे नागरिकमा मरिसकेको आशा फेरि व्यूतिएको छ । विमानस्थलले मेची पहाडका इलाम, पाँचथर, ताप्लेजुङ्ग र सीमापारी भारतको दार्जिलिङ र सिक्किमका बासिन्दालाई पनि सेवा पुग्ने छ । विमानस्थल निर्माणका लागि अहिलेसम्म आठ करोड रुपैंयाँ भन्दा बढी खर्च भइसकेको छ ।suki 6

विमानस्थलमा परीक्षण उडान पूरा भए पनि अन्तिम चरणका कामहरु जारी रहेको नागरिक उड्ययन प्राधिकरणका इन्जिनियर पशुपति राजवंशी बताउँछन् । विमानस्थल पूर्ण रुपमा तयार हुन ४३ करोड रुपैंयाँ लागत खर्च हुने जनाइएको छ । १८ यात्रु अटाउने ट्वीनअटर जहाज चल्ने विमानस्थलका लागि आवश्यक तीन सय २६ रोपनी स्थानीयको जग्गा जिल्लास्थित सरोकारवाला निकाय, संघसंस्था र व्यक्तिबाट संकलित दुई करोड २६ लाख रकमबाट अधिग्रहण गरिएको थियो ।

हेर्नुस् भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७