फिल्म खेलाउने भन्दै युवतीहरू यौनव्यापारमा लगाउने भारतीय अभिनेत्री पक्राउ

काठमाडौं, २९ जेठ ( एजेन्सी) । भारतको एक तमिल अभिनेत्री संगीथा बालन पक्राउ परेकी छिन् । तमिलनाडु प्रहरीले उनलाई सांगठनिक देह व्यापार चलाएको भन्दै राजधानी चेन्नईबाट पक्राउ गरेको हो।
मिडिया रिपोर्टका अनुसार बालनसँगै सतिश नाम गरेका एक पुरूष समेत पक्राउ परेका छन्। प्रहरीका अनुसार दुबै जनाले युवतीहरूलाई गतिलो आर्थिक प्रलोभनका साथ फिल्म एवं टिभीमा अभिनयको मौका दिदैं यौनव्यापारमा लगाउने गरेको आरोपमा लगाएकाे छ ।
उनीहरूलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । पक्राउ परेकी संगीथा तमिल टिभी उद्योगकी चर्चित अनुहार हुन् ।
याे पनि पढ्नुहाेस्
आफन्त भेट्ने बहानामा भारतमा बेचिन्छन् महिला