चोलेन्द्रका लागि भन्दै घुस उठाएको आरोप लागेका न्यायाधीशद्वय थपलिया र निरौला बर्खास्त


१३ फाल्गुन २०८०, आईतवार
barkhasta nyayadhish

काठमाडौं । न्याय परिषद्ले दुई जना न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस गरेको छ । आज (आइतबार) बसेको परिषदको बैठकले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गर्न सिफारिस गरेको हो ।

बर्खास्तको सिफारिसमा परेका उच्च अदालतका न्यायाधीश थपलियामाथि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणका लागि भन्दै घुस रकम उठाएको आरोप लागेको थियो । न्यायपरिषद्ले यी दुवै न्यायाधीशलाई बर्खास्तीका लागि सर्वोच्च अदालतलाई लेखी पठाउने निर्णय गरेको हो ।

उता अर्का न्यायाधीश राजकुमार कोइरालालाई निगरानीमा राख्दै परिषद्ले सचेत गराएको छ । उनी २ करोड रुपैयाँको अडिओ टेपका कारण विवादमा परेका थिए । न्याय परिषद्ले उच्च अदालतका १ जना र जिल्ला अदालतका ३ जना न्यायाधीशमाथि छानबिन गरिरहेको थियो । उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा कार्यरत न्यायाधीश थपलियामाथि गम्भीर न्यायिक विचलनको विषयमा छानबिन गर्न परिषद्मा तानिएको थियो ।

सर्वोच्च अदालतका न्यायाधीश डा आनन्दमोहन भट्टराईको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो । समितिमा न्यायाधीश प्रकाशकुमार ढुङ्गाना र तिलप्रसाद श्रेष्ठ विज्ञ सदस्य रहेका छन् । यो समितिको सुझावका आधारमा उनीहरूलाई बर्खास्त गर्न परिषद्ले सिफारिस गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७