घुससहित पक्राउ परेका वडाध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर


१३ फाल्गुन २०८०, आईतवार
Akhtiyar

काठमाडौँ । घुस रकमसहित पक्राउ परेका वडाध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । निर्माणाधीन भवनको वडा कार्यालयबाट निर्माण सम्पन्न भएको सिफारिस दिन घुस लिने सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–५ का वडाध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका हुन् ।

वडाध्यक्ष सबदुल मियाँलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । वडाध्यक्ष मियाँविरुद्ध विशेष अदालत काठमाडौंमा दायर भएको मुद्दाको सुनुवाइ गर्दै न्यायाधीश टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले दोषी ठहर गरेको प्रवक्ता कार्कीले बताए ।

गत जेठ २३ गते विद्यालयको निर्माणाधीन भवनको वडा कार्यालयबाट निर्माण सम्पन्न भएको सिफारिस दिन उनले घुस मागेका थिए । वडाध्यक्ष मियाँलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ गरी गत असार २१ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गराएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७