झापाको बालुवाटार जग्गामा माओवादी नेता गगन पुरी र उनकाे परिवारैविरूद्ध भ्रष्टाचार मुद्दा

कसलाई कति बिगो ?


१३ फाल्गुन २०८०, आईतवार
gagan puri jhapa

काठमाडौं । झापाको दमक बालुवाटार जग्गा घोटाला प्रकरणमा मुछिएका माओवादी नेता रेवतराज पुरी (गगन) विरूद्ध भ्रष्टाचार मुद्दा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माओवादी कोशी प्रदेश कमिटीका कोषाध्यक्ष पुरीसहितका व्यक्तिमाथि आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

पुरीसँग ६ करोड २ लाख ७० हजार ४९९ रुपैयाँ बिगो, जरिवाना र कैद सजाय माग गरी मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए । यस्तै, उनकी श्रीमती केशावती पुरीविरूद्ध ८४ लाख ८९ हजार १६५ रुपैयाँ बिगो माग गरी मुद्दा दायर गरिएको उनले बताए । रेवतराजकी आमा मनमाया पुरीविरूद्ध ५ करोड ७० लाख २८ हजार ३८० रुपैयाँ बिगो माग गरिएको छ ।

यस्तै, देवकुमार पुरीविरूद्ध ५२ लाख ८४ हजार २६०, डिल्लीराम पुरीविरूद्ध ८२ लाख ९२ हजार २८३, देवरुपा पुरीविरूद्ध ४ करोड ३२ लाख ६२ हजार ७८०, ममता पुरी घिमिरेविरूद्ध १ करोड २८ लाख ७० हजार, माया पुरी पाण्डेविरूद्ध १ करोड २० लाख ५७ हजार ५८०, कृष्णकुमार पुरीविरूद्ध ९१ लाख चार हजार ४४०, प्रेमकुमार पुरीविरूद्ध १ करोड ९४ लाख ६३ हजा ३३२, कुलबहादुर पुरीविरूद्ध १ करोड ७ लाख रुपैयाँ बिगो माग गरिएको छ ।

यस्तै, मुद्दामा नापी कार्यालय झापाका तत्कालीन प्रमुख स्व. शशिकान्त झा र उनकी श्रीमती अनारदेवी झालाई ३० करोड २ लाख ७१ हजार ९२६ रुपैयाँ बिगो माग गरिएको प्रवक्ता घिमिरेले बताए । रेवतराज र उनकी श्रीमती केशावतीलाई यसअघि विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७