अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्डको भाउ घट्यो


१४ फाल्गुन २०८०, सोमबार
dollor

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने युरोको र पाउण्डको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार सोमबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ४१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ०१ पैसा कायम गरिएको छ । आइतबार पनि सोही मूल्यमा अमेरिकी डलरको खरिदबिक्री भएको थियो ।
सोमबार युरोपियन युरोको एकको खरिददर १४३ रूपैयाँ २७ पैसा र बिक्रीदर १४३ रूपैयाँ ९२ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १३ पैसाले घटेको हो । आइतबार यसको खरिददर १४३ रूपैयाँ ४० पैसा र बिक्रीदर १४४ रूपैयाँ ०५ पैसामा कारोबार भएको थियो ।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङको भाउ ०१ पैसाले घटेर एकको खरिददर १६७ रूपैयाँ ९१ पैसा र बिक्रीदर १६८ रूपैयाँ ६७ पैसा कायम गरिएको छ । आइतबार यसको खरिददर १६७ रूपैयाँ ९२ पैसा र बिक्रीदर १६८ रूपैयाँ ६८ पैसामा कारोबार भएको थियो । यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ८७ पैसा र बिक्रीदर ८७ रूपैयाँ २७ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ ०४ पैसा र बिक्रीमा ९८ रूपैयाँ ४८ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८० पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८४ रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४० पैसा तथा बिक्री दर १८ रूपैयाँ ४८ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९५ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९९ पैसा कायम गरेको जनाइएको छ ।

यसैगरी, सोमबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३१ पैसा र बिक्री मूल्य ३६ रूपैयाँ ४७ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३१ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ४७ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३६ रूपैयाँ २१ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर सोमबार २७ रूपैयाँ ७२ पैसा र बिक्रीदर २७ रूपैयाँ ८४ पैसा कायम गरेको छ । साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ २७ पैसा र बिक्रीदर ४३२ रूपैयाँ २२ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ २४ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ८४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

Capture 10

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७