सार्क सम्मेलनको साक्षी मात्र बस्दैनौं : परराष्ट्रमन्त्री ज्ञवाली


२१ जेष्ठ २०७५, सोमबार
para

काठमाडौ, २१ जेठ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा क्रस बोर्डर ट्रान्समिसन लाइनलगायतका दुई देशबीच कनेक्भिटी बढाउने आधा दर्जन परियोजनामा ठोस सहमति हुने बताएका छन् । para

प्रधानमन्त्री जुन महिनाको दोस्रो सप्ताहतिर छिमेकी देश चीन जाने जानकारी दिंदै उनले त्यस अवसरमा केही एजेण्डामा ठोस काम हुने बताए । ‘क्रसबोर्डर ट्रान्समिसन लाइन, व्यापार र परिवहन, उड्डयन, पाइपलाइन, टोखा–छहरे सुरुङमार्ग तथा बेल्ट एण्ड रोड परियोजनाअन्तर्गतका केही आयोजनाबारे ठोस काम हुन्छ’ उनले भने ।

परराष्ट्रमन्त्री ज्ञवालीले चीनसँग यसअघि मार्च २०१६ मा भएको यातायात-पारवहन सम्झौतालाई अघि बढाउने लगायत पहिलाका सहमति÷सम्झौता कार्यान्वयन गर्दै अघि बढ्ने तयारी भएको बताए । चीन र भारतबीच सहयोग र साझेदारिता बढ्दै गएको र त्यसले नेपालका लागि पनि अनुकूल वातावरण सिर्जना गर्ने उनले बताए ।

नेपालले विदेश नीतिका प्राथमिकता तोकेको भन्दै हाल छिमेकी, क्षेत्रीय संगठन, बहुपक्षीय संगठन र श्रम गन्तव्यका विषयमा आफ्नो परराष्ट्र नीति केन्द्रित गरेको बताए । ‘सार्कको शिखर सम्मेलन गर्न नेपालले पहल गरिरहेको छ । हामी त्यसका साक्षी मात्र भएर बसेका छैनौं । वार्ताको विकल्प छैन, हामीले भारत र चीनलाई वार्ताको माध्यमबाट समस्या समाधान गर्नुहोस् भनेका छौं’ मन्त्री ज्ञवालीले भने । उनले सार्क शिखर सम्मेलनको मिति लम्बिएकामा चिन्ता व्यक्त गर्दै नेपाल सार्कको विकल्प खोज्ने पक्षमा नभएको स्पष्ट पारे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७