वैठक चलिरहेका बेला संसद भवनमै छिरे लघुवित्त पीडितहरु


१४ फाल्गुन २०८०, सोमबार
mitar samsad

काठमाडौं । लघुवित्तबाट ऋण लिएकाहरु संसद भवन परिसरमै छिरेका छन् । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा संसद् बैठक चलिरहेका बेला लघुवित्तका ऋणीहरु परिसरमै नाराबाजी गर्न पुगेका हुन् । सरकारले संघीय संसद् वरपरको क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरेको छ । अझ संघीय संसदभित्र प्रवेश पास विना जान दिइँदैन ।

लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिंडेर काठमाडौंमा आन्दोलन गर्न आएका ऋणीहरु सोमबार संसद् भवनभित्रै प्रवेश गरेका हुन् । उनीहरूलाई मर्यादापालकहरूले घेरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले लगाएको निषेधित क्षेत्र तोडेर लघुवित्त पीडितहरू संघीय संसद भवन परिसरमा प्रवेश गरेका हुन् । उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७