संसद भवन परिसरमा लघुवित ऋणी छिरेकोबारे छानविन गर्न समिति गठन, सुरक्षा युनिट फेरियो


१४ फाल्गुन २०८०, सोमबार
laghu bitta samsad ma pradrashan scaled

काठमाडौं । राजधानी काठमाडौंको अति संवेदनशिल नयाँ बानेश्वरस्थित संसद भवनमा लघुवित्तका ऋणीहरू प्रवेश गरेको घटनाबारे उपत्यका प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ । घटनाबारे छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन गरिएको छ ।

उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले छानबिन समिति गठन गरेका छन् । समितिमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालयका डीएसपी दिनेश घिमिरे सदस्य छन् ।

संसद् भवनमा सुरक्षा कमजोरी भएको देखिएपछि छानबिन गर्न समिति गठन गरिएको उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए । ‘निषेधित क्षेत्रमा लघुवित्त प्रभावितहरू कसरी प्रवेश गरे भन्नेबारे छानबिन गर्न समितिलाई कार्यादेश दिइएको छ,’ उनले भने । संसद भवन सुरक्षार्थ खटाइएको टोली समेत परिवर्तन गरिएको कुँवरले सभामुखलाई बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७