मोवाइल स्लो भए के गर्ने ?


२१ जेष्ठ २०७५, सोमबार
iphone slow 800x650

काठमाडौ, २१ जेठ । मोबाइल अहिले अपरिहार्य उपकरण भइसकेको छ । नयाँ पुस्तालाई मोबाइल विनाको दिनचर्याको कल्पना गर्न पनि गाह्राे भइसकेको छ । यो अपरिहार्य र महत्वपूर्ण उपकरण ह्याङ भई दिंदा धेरैलाई झोक चलेको हुनुपर्छ । जुन बेला मोबाइल प्रयोग नगरी नहुने अवस्था आउँछ, त्यही बेला स्लो भई दिंदा काम नै बिग्रने गर्छ ।iphone slow 800x650

फुर्सदको बेला डाउनलोड गरिएका सामग्रीको व्यवस्थापन सही ढङ्गले नगर्दा यस्तो समस्या आउने गर्छ । गेम खेल्न जुनसुकै सफ्टवेयर डाउनलोड गर्ने, अनावश्यक भिडियो र एप डाउनलोड गर्नाले पनि मोबाइल ह्याङ हुने गर्छ । त्यस्तै, डाउनलोड तथा इन्ष्टल गरिएका एप, क्यासमा बसेका डाटा, ब्याकग्राउण्डमा चलिरहेका एप, एनिमेशन स्पीड आदि कारणले मोबाइलको स्पीड स्लो हुन्छ ।

नचलाइने एप तथा गेम डिलिट गर्ने

वाईफाई भेट्यो कि केही न केही नयाँ एप डाउनलोड गर्ने बानी सामान्य हो । अनि त्यसलाई प्रयोग नगरीकन मोबाइललाई भारी मात्र बोकाउने प्रवृत्ति पनि धेरैको हुन्छ । यसले गर्दा मोबाइल स्लो हुन्छ । फुर्सदमा खेलौंला भनेर गेम इन्स्टल गरी नचलाउँदा मोबाइलको सीपीयूमा यसले केही न केही भाग ओगटिरहन्छ । त्यसैले, १ महीनायता प्रयोगमा नआएका कुनै पनि एपहरू डिलिट गर्नुपर्छ । १ महीनासम्म प्रयोगमा नआएको कुरा पछि प्रयोगमा आउँदैन वा आवश्यक परे पुनः डाउनलोड गर्ने अप्शन त छँदै छ नि ।

मेमोरी बढाउन फोटो र भिडियो हटाउने

फोनमा अनावश्यक भिडियो र फोटो राखिरहँदा पनि मोबाइल स्लो हुन्छ । एण्ड्रोइड फोन स्लो हुनुको अर्कोे कारण इण्टरनल मेमोरी भरिनु हो । त्यसैले, मेमोरी सकेसम्म खाली गर्नुपर्छ । यसका लागि फोनमा रहेका काम नलाग्ने फोटो र फाइल हटाउनुपर्छ ।
पछिलाई आवश्यक पर्नेे भएमा कम्प्युटर वा पेन ड्राइभमा सार्नुपर्छ । भिडियो र फोटोलाई ग्यालरीको सट्टा द क्लाउड वा गूगल फोटोजमा सेभ गर्नुपर्छ । यसबाट फोनको स्टोरेजमा बढी लोड पर्दैन ।

क्यास्ड डाटा हटाउने

मोबाइलमा थाहा नपाउने गरी क्याष्ड डाटा सेभ भइरहेको हुन्छ । कुनै एप वा साइट खोल्दा त्यसमा प्रयोग भइरहने फोटो तथा आइकन मोबाइलमा स्टोर हुन्छ । यो क्याष्ड डाटा कुनै एप डिलिट गरे पनि स्टोर भइरहन्छ । यसले गर्दा पनि मोबाइलको मेमोरी ओगटिरहेको हुन्छ । त्यसैले, मोबाइलको स्पीड बढाउन समय समयमा क्याष्ड डाटा हटाउनुपर्छ ।

एनिमेसन अफ गर्ने

मोबाइल फोन अत्यन्तै स्लो हुनु र ह्याङ हुनुको अर्को कारण एनिमेशनको अनावश्यक प्रयोग पनि हो । मोबाइलमा भएका एनिमेशन हटाएमा मोबाइल स्लो हुन पाउँदैन । एनिमेशनले सीपीयू रिसोर्स निरन्तर ओगटिरहेको हुन्छ । यसका लागि सेटिङभित्रको एबाउट फोनमा गई ब्युल्ड नम्बरमा जानुपर्छ । ब्युल्ड नम्बरलाई सातपटक लगातार ट्याप गरेपछि डेभलपर देखिन्छ । त्यहाँको सिष्टममा गई विण्डोज एनिमेशन, ट्राञ्जिशन एनिमेशन, एनिमेशन स्केल र एनिमेशन ड्युरेशन स्केललाई फाइभएक्स वा अफ गर्नुपर्छ ।

अप डेट गरिरहने

नयाँ अपडेटहरूमा पुराना सफ्टवेयरमा भएका समस्या समाधान भएका हुन्छन् । यही कारण मोबाइललाई समय समयमा अपडेट गर्नुपर्छ । मोबाइलका एप र सफ्टवेयरलाई अपडेट गरेमा स्लो हुने समस्याबाट केही हदसम्म बच्न सकिन्छ ।

फ्याक्ट्री रिसेट गर्ने

मोबाइललाई ६–६ महीनामा फ्याक्ट्री रिसेट गरेमा ह्याङ हुने समस्या कम हुन्छ । आफूलाई अत्यावश्यक सामग्री ब्याकअप गरेर मोबाइल रिसेट गर्दा सेटिङ्स तथा डाटा क्लियर हुन्छ ।

क्लिनर एप

मेमोरी बुष्टर क्लिन माष्टर र एबीजी क्लिनर जस्ता एप्लिकेशन गूगल प्ले स्टोरबाट डाउनलोड गरेर फोनको स्पिड बढाउन सकिन्छ ।

नोटिफिकेशन अफ गर्ने

मोबाइललाई ह्याङ गर्ने कारण नोटिफिकेसन पनि हो । नोटिफिकेशनले समयको बर्बाद त गर्छ नै, समस्या पनि ल्याइदिन्छ । धेरैजसोले थाहै नपाईकन मोबाइलका अधिकांश एपमा नोटिफिकेशन अन गरेका हुन्छन् । यसले ब्याट्री पनि चाँडै सकिन्छ । त्यसैले, मोबाइलको नोटिफिकेशन अफ गर्नु राम्रो हुन्छ ।

एसडी कार्डमा एपलाई सार्ने

स्मार्टफोनमा जति पनि एप्स हुन्छन्, ती सबैलाई इण्टरनल मेमोरीमै सेभ गरिएका हुन्छन् । यदि फोनमा बढी एप्स छन् भने फोनको प्रोशेसिङ स्लो हुन्छ । त्यसैले, एप्सलाई एसडी कार्डमा सार्नुपर्छ । यसबाट फोनको प्रोशेसिङ फाष्ट हुनेछ ।

क्यास क्लियर

फोनमा रहेको क्यास मेमोरी क्लियर गर्दै जानुपर्छ । यसका लागि फोनको सेटिङ मेनुमा गएर एप्लिकेशन म्यानेजरको छनोट गर्नुपर्छ । अल ट्याबभित्र गएर जुन एप्समा समस्या छ, त्यसमा क्लिक गरेपछि ‘फोर्स स्टप’, ‘क्लीयर क्याश’ र ‘क्लीयर डाटा’ छनोट गर्नुपर्छ ।

फोन रिस्टार्ट

समय समयमा फोनलाई रिस्टार्ट गर्दा पनि फोन स्लो हुन पाउँदैन । फोन तातो हुँदा होस् वा ह्याङ हुँदा, रिस्टार्ट गरेमा केही हदसम्म भए पनि मोबाइल स्लो हुने समस्या अन्त्य हुन्छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७