‘विज्ञापन दिएर नतिर्नेलाई समयमा काम नगर्ने ठेकदारलाई झैँ पाता फर्काइन्छ’


२१ जेष्ठ २०७५, सोमबार
Gokul Baskota 2
;~rf/dGqL afF:sf]6– sd{rf/LnfO{ lgb]{zg ;~rf/ tyf ;”rgf k|ljlw dGqL uf]s’nk|;fb afF:sf]6f ;f]daf/ l;+xbaf/l:yt dGqfnodf kbef/ u|x0fkl5 sd{rf/LnfO{ lgb]{zg lbg’xF’b} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ, २१ जेठ : नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारी सञ्चार माध्यममा विज्ञापन दिएर वर्र्षासम्म भुक्तानी नदिनेलाई कारवाही गर्न निर्देशन दिएका छन् ।

Gokul Baskota 2
  सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा सोमबार सिंहदबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि कर्मचारीलाई निर्देशन दिदै

सिंहदरबारस्थित मन्त्रालयमा आज पद बहालीपछि आयोजित कार्यक्रममा उहाँले नेपाल टेलिभिजन, रेडियो नेपाल र गोरखापत्र संस्थानका विज्ञापनको बक्यौता उठ्नुपर्ने रकम तत्काल उठाउन र वर्षौंसम्म बेरुजु नराख्न निर्देशन दिएका हुन् ।

मन्त्री बाँस्कोटाले भने, ‘विज्ञापन दिएर नतिर्नेलाई समयमा काम नगर्ने ठेगदारलाई झैँ पाता फर्काइन्छ । सुशासनमा कुनै सम्झौता हुँदैन । अनुगमनको नाममा छड्के गरेर तस्वीर छपाउने पक्षमा म छैन । त्यो काम प्राविधिक समूहले गर्छ । मलाई कसले कहाँ के गरेको छ, सबै सूचना आएको हुन्छ । मैले गर्नुपर्ने कारवाही टेबुलबाटै गर्छु । गल्ती गरेमा मेरै पार्टी निकट छ भने पनि कारवाही हुन्छ ।’

काठमाडौँ उपत्यकाकै कतिपय स्थानमा नेपाल टेलिकमको टावर नटिप्ने समस्या कायमै रहनु र सूचना विभागको नयाँ डायरी जेठ तेस्रो सातासम्म पनि प्रकाशन नहुनुले कामको प्रभावकारिता नदेखिएको उहाँले बताउनुभयो । यसअघि सोही मन्त्रालयमा राज्यमन्त्री हुनुभएका बाँस्कोटा गत शुक्रबार मन्त्रीमा नियुक्त भएका थिए ।,  मन्त्री बाँस्कोटालाई सचिव महेन्द्रमान गुरुङ र मातहतका निकायका प्रमुखहरुले स्वागत गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७