भक्तराज आचार्यलाई श्रद्वाञ्जली दिन पुगे ओली (फोटो फिचर)


२०८० फाल्गुण १५ मंगलबार ०८:०२ बजे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भजन शिरोमणी भक्तराज आचार्यलाई श्रद्वाञ्जली अर्पण गर्न पुगेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका ओली आचार्यका छोरा गायकद्वय सत्य–स्वरुप आचार्यलाई सान्तवना समेत दिएका छन् ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गायक तथा संगीतकार भक्तराज आचार्यको पार्थीव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका छन् । उपचारका क्रममा सोमबार निधन भएका आचार्यको पार्थीव शरीरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका हुन् ।

आचार्यको पार्थीव शरीर नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ । प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री प्रचण्ड पुगेर श्रद्धाञ्जली प्रकट गरेका हुन् । आचार्यको मंगलबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिँदै छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७